अनेसास निर्वाचनको कार्यतालिका सार्वजनिक

२०८१।२।२२

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  अनेसास केन्द्रीय कार्यसमिति २०२४-२०२६ निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । गुणराज लुईटेल संयोजक रहेको  निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

अनेसासका अध्यक्ष गोवर्धन पूजाको अध्यक्षतामा बसेको बैठकले यसअघि नै निर्वाचन समिति गठन गरेको थियो । 

निर्वाचनको कार्यतालिका यसप्रकार रहेको छ ।

  • मतदाता सूची प्रकाशन ः जून ५, २०२४ बुधबार (org) मा
  • अन्तिम मतदातासूची प्रकाशन जून ६, २०२४ बिहीबार
  • उम्मेदवारी दर्ता ः जून २२ शनिवारदेखि जून २४, २०२४ सोमबारसम्म
  • उम्मेद्वारी फिर्ता लिनसक्ने जून २६, २०२४ बुधबार
  • अन्तिम उम्मेद्वारहरुको नामावली प्रकाशन जून २८, २०२४ शुक्रबार
  • चुनावी अभियान र प्रचारप्रसार जून २८ शुक्रबारदेखि जूलाई ३, २०२४ बुधबारसम्म
  • चुनावी मौन अवधि जुलाई ४ राति १२ बजेदेखि जूलाई ५ राति ११ः ५९ बजेसम्म
  • मतदान समयः जुलाई ६, १२ बजे देखि जुलाई ७ राति ११ः ५९ सम्म
  • चुनावी नतिजा घोषणा ः जुलाई ८, २०२४ सोमबार

प्रतिकृया दिनुहोस्