अनेसास निर्वाचन २०२४–०२६ का लागि मतदाता नामावली सार्वजनिक

७ जून २०२४
अनेसास केन्द्रीय कार्यसमितिको यही मिति सन् २०२४ जुलाई ६ र ७ गते हुन गइरहेको निर्वाचनका लागि निर्वाचन समितिको कार्यतालिका अनुसार पहिलो चरणको मतदाता नामावली अर्थात् आजीवन सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ ।

अनेसासले उक्त नामावली inls.org मा सार्वजनिक गरेको हो ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाका अनुसार यो पहिलो नामावली हो र पछि पुनः संशोधनसहित प्रकाशन हुनेछ । अध्यक्ष पूजाले आजीवन सदस्यहरूको नामावलीमा नामहरू छुटफुट भएमा च्याप्टर अध्यक्षमार्फत वा सिधै [email protected] मा सम्पर्क गर्न वा पठाउनसमेत अनुरोध गरेका छन् ।

नामावलीमा छुटफुट भई प्राप्तभएका आजीवन सदस्यहरूको नाम केन्द्रीय कार्यसमितिले अद्यावधिक गरी जून १३, २०२४ सम्म पुनः प्रकाशन गर्ने योजना रहेको पनि बताइएको छ ।
नामावली यस लिङ्कमा वा तलको क्यू आर कोड स्क्यान गरी हेर्न सकिने छ ः

http://inls.org/member/lifetime_members

प्रतिकृया दिनुहोस्