पोटफोलियो नामकरण र अन्य केही संशोधनसहितको अनेसासको नेपालीमा अनूदित विधान सार्वजनिक

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सातौँ संशोधित अङ्ग्रेजीबाट नेपालीमा अनूदित विधान सार्वजनिक भएको छ ।

अनेसासले आजीवन सदस्य शुल्क तथा बोर्ड अफ ट्रष्टी शुल्कलगायत अनेसासको पोटफोलियोको नामरण आदि अन्य धारा उपधाराका केही अंशहरूको सातौँ संशोधित अङ्ग्रेजी विधानको नेपालीमा अनूदित गरेको थियो ।

यसअगिको विधानमा अनेसास आजीवन सदस्यता लिनका लागि शुल्कबापत १०० अमेरिकी डलर र बोर्ड अफ ट्रष्टी सदस्यतावापत १००० अमेरिकी डलरलाई वृद्धि गरी क्रमशः १५० डलर र २००० डलर शुल्क गरिएको छ । त्यसैगरी अनेसास बोर्ड अफ ट्रस्टीको प्रमुख पदलाई यसअघि नेपालीमा ‘अध्यक्ष’ भनेर सम्बोधन गरिएकोमा संशोधित विधानमा ‘सभापति’ भनेर सम्वोधन गरिएको छ।

संशोधित वाक्य तथा बूँदाहरूको विवरण विधानको पृष्ठ २३ देखि २६ सम्म उल्लेख गरिएको छ । 

यस विधान संशोधन तथा सिफारिस समितिमा प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल, संयोजक, सुमल कुमार गुरुङ, सदस्य, बलराम थापा, सदस्य थिए भने विधान पुनरावलोकन समितिमा पदम विश्वकर्मा, पुरु सुवेदी, शिव लामिछाने, राम लामा अविनाशी, तीर्थराज अधिकारी रहेका थिए ।

सातौँ सशोधनसहितको यस विधानलाई अनेसास केन्द्रीय कार्यसमिति तथा बोर्ड अफ ट्रस्टीजले १४ अगस्त २०२१ का दिन अनुमोदन
तथा पारित गरेको हो ।  यस विधानलाई अनेसासले शीघ्र मुद्रण कार्यसमेत गर्ने जानकारी अनेसासका वर्तमान केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाले जानकारी गराएका छन् ।

सातौँ संशोधित विधानको पिडिएफ फायल ः

INLS Bidhan in Nepali3 (1) (1)

प्रतिकृया दिनुहोस्