अनेसास निर्वाचनमा निर्विरोध निर्वाचितको सूची सार्वजनिक
२०८० असार १२ । जून २६,२०२४
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (केन्द्रीय समिति) २०२४-०२६ का लागि उम्मेद्वार मनोनयन गर्नेहरू मध्ये विभिन्न पदाधीकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी अनेसास निर्वाचन समितिले जनाएको छ । समितिले यही जुलाई ६-७ मा मनोनयनको दिन तोकेको थियो । यद्यपि निर्विरोध निर्वाचित उम्मेद्वारहरूको औपचारिक घोषणाभने भएको छैन ।
 
उल्लेखित समयावधीमा निम्न पदकालागि एकएक जनाको मात्र उम्मेद्वारी परेको हुँदा निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध भएको पद र निर्वाचित उम्मेद्वारहरू यसप्रकार रहेका छन् ः
 
१. उपाध्यक्ष :
क. अफ्रिका महादेशीय उपाध्यक्ष : श्री गणेश खड्का
ख. युरोप महादेशीय उपाध्यक्ष : श्री डिल्लीराम अम्माइ
ग. ओशियानिया महादेशीय उपाध्यक्ष : श्री हरिप्रसाद अधिकारी
२. सचिव :
श्री रविन शर्मा (जापान)
३. कोषाध्यक्ष :
श्री तारा अधिकारी (अमेरिका)
४. सदस्य :
श्री सुमन वर्षा घिमिरे (नेपाल)
श्री पुष्पा खनाल (अमेरिका)
श्री दीप कार्की (अमेरिका)
श्री रत्न लोक्सोम सुब्बा (सिक्किम, भारत)
श्री तारा उप्रेती (क्यानडा)
 
त्यसैगरी बाँकी रहेका पदमा एकभन्दा बढी उम्मेद्वारको मनोनयन परेको हुँदा उक्त पदहरूका लागि आगामी जुलाई ६-७ निर्वाचन हुने भनी निर्वाचन समितिले  निर्वाचन तालिकासहित प्रकाशन गरिसकेको छ । 
 
निर्वाचनको लागि प्रतिस्पर्धी बाँकी अन्य पद र प्रतिस्पर्धि उम्मेद्वारहरू यसप्रकार रहेका छन् :
१. अध्यक्ष :
श्री विमला निरौला – श्री सर्वज्ञ वाग्ले
२. वरिष्ठ उपाध्यक्षमा :
श्री लालगोपाल सुवेदी – श्री राजेन्द्रकुमार श्रेष्ठ
३. उपाध्यक्ष :
(अमेरिका महादेशीय)
श्री महेश्वर पन्त – श्री सुदीपभद्र खनाल
(एसिया महादेशीय)
श्री सरिता अर्याल (नेपाल) – श्री दिनेशराज ज्ञवली (जापान) – श्री प्रमोद सारङ्ग (द. कोरिया)
५.महासचिव :
श्री कृष्णकुमार गिरी – श्री राजु सिटौला
 
निर्विरोध सबैमा अनेसास दर्पण परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ !
प्रतिकृया दिनुहोस्