अनेसास निर्वाचनको मौनअवधि सुरू

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको २०२४–०२६ का लागि यही मिति जुलाई ६ र ७ मा हुने निर्वाचनको मौनअवधि सुरु भएको छ । मौन अवधि पूर्वीय अमेरिकी समयानुसार जुलाई ४ को राति १२ वजेदेखि सुरु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गोवर्द्धन पूजाले सम्पूर्ण उम्मेद्वार, मतदाता आजीवनसदस्यहरुलाई निर्वाचन आचारसंहिताको पालना गरी मौन अवधिभर निर्वाचनका प्रचारप्रसार तथा निर्वाचनका उम्मेद्वारहरुमा एकआर्कालाई असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्