अनेसास केन्द्रीय कार्यसमितिको निर्वाचन २०२४–०२६ को नतिजा सार्वजनिक

२०८१ असार १२ । जुलाई १०,२०२४
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समिति २०२४–०२६ का लागि भएको निर्वाचनको नतिजा घोषणा भएको छ । जुलाई ७ देखि जुलाई १० सम्म मतदानको समय तोकिएको यस निर्वाचनको परिणाम आज सार्वजनिक भएको हो । मतदानमार्फत विजयी हुनेहरुमा अध्यक्षमा सर्वज्ञ वाग्ले, वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदी, उपाध्यक्ष अमेरिकाबाट सुदीपभद्र खनाल, उपाध्यक्ष एशियाबाट सरिता अर्याल, महासचिवमा राजु सिटौला रहेका छन् । त्यस्तै अन्य पदाधीकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी अनेसास निर्वाचन समितिले जनाएको छ ।

उम्मेद्वारी दर्ताको समयावधीमा निम्न पदका लागि एकएक जनाको मात्र उम्मेद्वारी परेको हुँदा निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध भएको पद र निर्वाचित उम्मेद्वारहरू यसप्रकार रहेका छन् ः

उपाध्यक्ष ःक. अफ्रिका महादेशीय उपाध्यक्ष ः श्री गणेश खड्का, ख. युरोप महादेशीय उपाध्यक्ष ः श्री डिल्लीराम अम्माइ, ग. ओशियानिया महादेशीय उपाध्यक्ष ः श्री हरिप्रसाद अधिकारी
सचिव ः श्री रविन शर्मा (जापान), कोषाध्यक्ष ः श्री तारा अधिकारी (अमेरिका) र सदस्यहरुमा श्री सुमन वर्षा घिमिरे (नेपाल), श्री पुष्पा खनाल (अमेरिका), श्री दीप कार्की (अमेरिका), श्री रत्न लोक्सोम सुब्बा (सिक्किम, भारत) श्री तारा उप्रेती (क्यानडा) रहेका छन् ।

प्रतिकृया दिनुहोस्