गजल-विमला निरौला

गजल

         विमला निरौला, अमेरिका

हल्लीखल्ली छोटा कदकै, हुन्छ आजभोलि
फन्दाभित्र सत्य इमान, रुन्छ आजभोलि

पसलबीच नैतिकता छ, भन्छन् अनमोल
स्वार्थले नै इन्द्रेणी जाल, बुन्छ आजभोलि

बहिरो र अन्धो भयो, दिन अनि रात
सत्य सही वाणी समाज, थुन्छ आजभोलि

खोक्नु, भुक्नु, अलाप–विलाप, क्षमता हो जति
क्षणिक नै होस् भ्रमकै जीतले, छुन्छ आजभोलि

कर्कलाको पानी जीवन, ढलपल ढलपल गर्छ
भूलको अश्रु भन्छन् छाती, धुन्छ आजभोलि ।

प्रतिकृया दिनुहोस्