भीमफेदीयाको “मनको मझेरी” गीत लोकार्पित

मिति :२०८१ भदौ ५ गते, बुधबार साहित्यिक पत्रकार सङ्घले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफदीया’को गीत “मनको मझेरी”को लोकार्पण गरेको छ ।

हेम सरिता पाठक फाउन्डेसनको सभाकक्ष, अनामनगर, काठमाडौंमा सम्पन्न भएको मनको मझेरी गीतमा गायक नरहरि प्रेमीको स्वर रहेको छ भने संगीत पनि प्रेमीले नै गरेका हुन् ।

प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उक्त गीतको मोबाइलमा थिचेर लोकार्पण गरेका थिए । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदन दास श्रेष्ठ, शब्दपथका प्रधान सम्पादक आख्यानकार किशोर पहाडी, समालोचक युवराज मैनाली, कवि प्रतीक घिमिरे र कवि सानुराजा श्रेष्ठ अन्जानले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा सापसका पूर्व अध्यक्ष कलाकार नरेन्द्रबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन कवि मुरारी सिग्देलले गरेका थिए ।

संचारकर्मी मुक्तककार रुद्र अधिकारीले अविरल साहित्य यात्रा यु टुयुब च्यानलको लागि कार्यक्रमको छायाङ्कन गरेका थिए ।

प्रतिकृया दिनुहोस्