“भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोको छायाङ्कन

२०८१ भदौ १८, काठमाडौं ।

अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकद्वारा रचना गरिएको “भ्रष्टाचारको चपेटामा देश” भ्रष्टाचारविरुद्धको गीतको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ ।

सो म्युजिक भिडियोको छायाङ्कन हिजो र आज होटल सिटी गाँउ, भक्तपुरमा भएको कुरा  हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले सो जानकारी गराएका हुन् ।

लेकालीकाअनुसार चर्चित गायिका कुन्ती मोक्तान र अर्का चर्चित गायक शिशिर योगीले सो गीत गाएका हुन् भने चर्चित सङ्गीतकार बी बी अनुरागीले सङ्गीतगरेका हुन् ।

यस म्युजिक भिडियोमा कलाकारहरूमा किरण के. सी., विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू र आर. के. मानन्धरले अभिनय गरेका छन् । सो म्युजिक भिडियोको निर्देशकमा सुदन के. सी. र सहनिर्देशकमा चन्द्र भण्डारी रहेका छन् ।

“भ्रष्टाचारको चपेटामा देश”को गीतको परिमार्जन सर्जकहरु  जनक थापा र रामप्रसाद खनालले गरेका थिए । म्युजिक भिडियोको छायाङ्कनमा फाउन्डेसनकी संरक्षक सरिता पाठक, मानवअधिकारकर्मी डा. गोपालकृष्ण सिवाकोटी, पत्रकार शिव गाउँले, समाजसेवीहरु ओम उप्रेती, गोपाल गड्तौला, कमल रिजाल, प्रकाश भेटवाल, सन्ध्या सिटौला, समिष्टा भेटवाल, दिपक भेटवाल, सुनिता भेटवाल, सिर्जना पोखरेल, पूजा सुवेदी, रन्जु निरौला, नविन भेटवाल, दिनेश बस्नेत, अनु थापा, गणेश बस्नेत, मेजर केशर महत, ज्ञानबहादुर कार्की, विष्णुमाया भेटवाल लगायतको सहभागीता रहेको थियो ।

हेम सरिता पाठक फाउन्डेसनले एक लाखको “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार”, एक लाखको “हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार” र दुई लाखको “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार” प्रदान गर्दै आएको छ ।

यस्तै प्रतिष्ठानले नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

यसैगरी  प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।

प्रतिकृया दिनुहोस्