प्रीत संप्रेषण
प्रीत संप्रेषण
यो मोहरात्रिको निस्तब्ध मध्य प्रहरमा
संसार लठ्ठिएर निद्रामा परेका बेला
मेरी मायालु लामो लामो सास तानेर
मेरा लागि कोल्टे फेर्दै होलिन् ,
मुटु बेस्सरी बजेको होला,
वक्षस्थल उचालिँदै खस्दै उचालिँदै फेरि खस्तै
मेरो सान्निध्य खोज्दा होलान्।
म यस्तै यस्तै कल्पनामा बग्दै
झपक्क निदाउछुँ
भोलिको बिहान आइसकेछ
पूर्व क्षितिजमा सूर्य माथी उक्लिसकेछ ।
कल्पनाको उडान मीठो थियो
मेरा रातहरू टाढाबाट सुन्दर बनाइदिने
मेरी प्रेयसीलाई
एक अञ्जुली प्रेम पठाउछुँ।
ए घाम !
मेरो प्रेम लगेर उसका शिरमा छरिदे!
सन्तोषकुमार पोखरेल बहुभाषिक कवि हुन् । उनले आफ्ना कविताहरू आफ्नो जन्मभूमि नेपाललाई मात्र नभई पूरै विश्वलाई समर्पित गर्छन् । उनको कविताको मुख्य विषयहरू प्रेम, युद्ध , शान्ति, जीवन र मृत्यु हुन् । उनी आफ्ना कविताहरूमा अस्तित्वका प्रश्नहरूको जवाफ खोजिरहेका हुन्छन् ।
प्रतिकृया दिनुहोस्