विकास

विकास

सुनिता अधिकारी

लामो समय र दूरीको
चौतर्फी यात्रामा मेरो निश्चल
नयनले तिमीसामु
त्यस्तो सङ्गम देख्यो,
तिमी त भविष्यनिर्माता
बनेर आएछौ ।

समृद्ध स्थिर र समावेशी
समाज निर्माणमा सहयोगी
जीवनस्तरमा सुधार र उन्नति
समृद्ध, सामृद्धिक भविष्य
निर्मित आधार बन्यौ ।

सीमाहरू विना उड्दै
कदमहरूले अगाडि बढ्‌दै
सपनाको आकाशमा ,
हात फैलाउँदै,
सङ्घर्ष गर्यौ ।

ल हेर ! तिमी त
सधैँ आफ्नै गीत गुनगुनाउछौ
हरेक क्षण,
अनि रोशनीले आकाश चम्काउँछिन्
निश्चित उद्देश्य लिएर ।

म हृदबाट नै चाहन्छु
नयाँ अवसरको खोजनीति
गर्दै तिम्रो यात्रा निरन्तर चलिरहोस्
जीवनमा चम्किलो तारा उदाइरहोस् ।

आज तिम्रो जन्मदिन,
तिमीलाई सधैँ खुसी छाओस्
देखेका ती सपना पूरा भई
जीवन सफलताको शिखरमा पुगोस्,
तिमीलाई हार्दिक शुभकामना !

यो कविता बालुवाटार, काठमाडौं बसोबास गर्ने उदीयमान कवि सुनिता अधिकारीले पृय मित्रको जन्मदिनको अवसरमा रचना गरेको हो । उनको काव्यिक सिर्जना निरन्तरकाको कामना गर्दै  मित्रलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना !

प्रतिकृया दिनुहोस्