अनेसास कोरिया च्याप्टरको अध्यक्षमा न्यौपाने

२०८१ असोज २

अनेसास कोरिया च्याप्टरको अध्यक्षमा लोकराज न्यौपाने निर्वाचित भएका छन् । हिजो भएको च्याप्टरको निर्वाचनबाट न्यौपानेसहित १३ पदाधिकारी तथा सदस्यहरूको नव कार्यसमिति गठन भएको हो ।

नवकार्यसमितिमा अध्यक्षमा लोकराज न्यौपाने, वरिष्ठ उपाध्यक्षमा रामचन्द्र शर्मा, उपाध्यक्षमा सरोज भन्डारी र धीरेन्द्र स्पन्दन महासचिवमा राजेश सुवेदी, सचिवमा विजयता भन्डारी, कोषाध्यक्षमा राजेन्द्रबहादुर विष्ट विजयी भएका छन् भने सदस्यहरूमा आरपीसी सङ्गम, रुशन सुवेदी,सुमन तिमल्सिना, दीपक, डिइबी सिकारू, प्रदीपकुमार गणेश विजयी भएका हुन् । 

२०२४-२०२६ का लागि भएको यस कार्यसमितिलाई अनेसास बिओटीका सभापति पदम विश्वकर्मा,अनेसास केन्द्रीय कार्यसमितिका सर्वज्ञ वाग्ले, निवर्तमान अध्यक्ष गोवर्धन पूजा, निवर्तमान के.स. प्रमोद सारंगलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । 

 

प्रतिकृया दिनुहोस्