अनेसास बोस्टन च्याप्टरको निर्वाचन तालिका सार्वजनिक

२०८१असोज ७ गते 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टरको विधानबमोजिम २०२४–२०२६ कार्यकालका लागि नयाँ कार्यसमिति चयन प्रक्रिया निम्नानुसार सुरु हुने भएको छ।

च्याप्टरका अध्यक्ष महेश्वर पन्तका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि अनेसासका निवर्तमान अध्यक्ष गोवर्द्धन पूजा प्रमुख निर्वाचन आयुक्त, हरि काफ्ले निर्वाचन आयुक्त र सानु बर्मा निर्वाचन आयुक्त रहेको निर्वाचन समिति गठन भएको छ ।

निर्वाचन समितिले सन् २०२४ जुलाईसम्ममा अनेसासको आजीवन सदस्यता लिइसकेका बोस्टन निवासीहरूबाट नेतृत्वका लागि तोकिएको समयभित्र तोकिएको शुल्क तिरेर आफूले चाहेको पदमा योग्यता पुगेका आजीवन सदस्यहरूले उल्लेखित नियमानुसार आवेदन दिन आह्वान गरेको छ। 

साथै प्रमुख निर्वाचन आयुक्त गोवर्द्धन पूजाका अनुसार निर्वाचन समितिले निम्नलिखित आचारसहिँता तथा नियम र निर्वाचन तालिका सार्वजनिक गरेको छ –

नियमहरू

१. इच्छुक व्यक्तिले [email protected] मा ईमेल पठाई उम्मेद्वारी दर्ता गर्नुपर्नेछ । योबाहेक अरु माध्यमबाट पठाइएको उम्मेद्वारी मान्य हुने छैन । समूहमा ईमेल पठाई दर्ता गरिएको उम्मेद्वारी र तेस्रो व्यक्तिले दर्ता गरिदिएको उम्मेद्वारी मान्य हुने छैन । प्रत्येक उम्मेद्वारले आफ्नै आधिकारिक ईमेलबाट उम्मेद्वारी दर्ता गर्नुपर्नेछ ।

२. उम्मेद्वारहरूले निर्वाचन समितिले तोकेको दिनको राती ११ः५९ बजेभित्रमा आफ्नो उमेद्वारी दर्ता गरिसक्नुपर्नेछ ।

३. एउटा व्यक्तिले एउटा पदको लागि मात्र उम्मेद्वारी दिन सकिने छ ।

४. निर्वाचन समितिले तोकेको मितिमा उम्मेद्वारहरूको पहिलो नामावली प्रकाशन गर्नेछ ।

५. नामावली प्रकाशन भएपछि तोकिएको मितिभित्र कुनै उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिन चाहेमा माथि लेखिएको ईमेलमा लिखित रूपमा निवेदन दिई उम्मेद्वारी फिर्ता लिनसक्ने छ ।

६. उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन भएपछि उम्मेद्वारहरूको उम्मेद्वारीमा दावी विरोध परेमा निर्वाचन समितिले छानविन गरी निर्णय गर्नेछ ।

७. परेका दावीविरोधहरूको छानविनपछि निर्वाचन समितिले उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

८) यदि एउटै पदमा एकभन्दा बढी उम्मेद्वार परेको खण्डमा निर्वाचन समितिले ईमेलको माध्यमबाट मतदान हुनेगरी निर्वाचन गर्नेछ ।

९. मतदान हुने भएमा सोसम्बन्धी विस्तृत विवरण निर्वाचन समितिले पछि जानकारी गराउने छ ।

१०. अध्यक्षको उम्मेद्वारी पदको लागि लगातार दुई पटकसम्म अध्यक्ष भइसकेको व्यक्तिले तेस्रो कार्यकालको लागि उम्मेद्वार दर्ता गर्न पाउने छैन ।

११. अनेसासको विधानबमोजिम अध्यक्ष–१, उपाध्यक्ष– २, महासचिव–१, सचिव–१, कोषाध्यक्ष–१ र ११ जना सदस्यहरू गरी जम्मा १७ जनाको पदहरूमा निर्वाचन हुनेछ ।

१२. निवार्चन समितले योग्यता प्रमाणित गरी नाम प्रकाशित भएपछि एकभन्दा बढी उम्मेद्वार भएका पदहरूमा मात्र निर्वाचन गर्नेछ ।

१३. सामान्य बहुमतबाट उम्मेद्वारहरू विजेता घोषणा हुनेछन् । यदि बराबरी मत भएमा निर्वाचन समितिको निगरानीमा गोलाप्रथाबाट विजेता चुनिने छ ।

१४. निर्वाचनसम्वन्धी सम्पूर्ण अधिकार निर्वाचन समितिमा निहीत रहनेछ ।

निर्वाचनको प्रकृयागत कार्यतालिका यसप्रकार रहेको छः

१. मतदाता सूची प्रकाशन ः अक्टुवर २०, २०२४।

२. उम्मेदवारी दर्ता ः अक्टुवर २६, २०२४ ।

३. पहिलो नामावली प्रकाशनः अक्टुवर २७, २०२४ ।

४. उम्मेद्वारी फिर्ता लिन सक्नेः अक्टुवर २६, २०२४।

५. उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशनः अक्टुवर २७, २०२४ शुक्रवार ।

६. चुनावी अभियान र प्रचारप्रसारः अक्टुवर २७ शुक्रबारदेखि अक्टुवर ३१, २०२४ सम्म ।

७. चुनावी मौन अवधिः नोभेम्बर १ राति १२ बजेदेखि नोभेम्बर २ राति ११ः ५९ बजेसम्म ।

८. मतदान समयः नोभेम्बर ३, दिनको ३ बजेदेखि ५ बजेसम्म ।

९. चुनावी नतिजा घोषणा तथा पदहस्तान्तरणः लक्ष्मीजयन्ती कार्यक्रमसहित नोभेम्बर ३, २०२४ आइतवार ।

प्रतिकृया दिनुहोस्