अनेसास बेल्जियममा देवकोटा जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले बेल्जियमको आन्त्वेर्पेनमा श्रद्धापूर्वक महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाएको छ । बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अतिथ्यता र सौरभ कारंजितको सभापतित्वमा आयोजित समारोहमा उपस्थित साहित्यप्रेमीहरुले आआफ्ना काब्य सृजनाहरु वाचन गरेका थिए ।

अनेसास बेल्जियम चाप्टरका महासचिव गोपाल दाहालले संचालन गरेको कार्यक्रममा दुई पुस्तकहरुको बिमोचनसमेत भएको थियो, जसमा मुक्तककार निलान्जला भारद्वाजुद्वारा लिखित ‘निलान्जला मुक्तक संग्रह’ र कवि ब्रह्मदत्त वाग्लेले लेखेको कविता संग्रह ‘उपहार’ थिए । विमोचित दुवै पुस्तकको समालोचना समालोचक गोपाल दाहालले कार्यक्रममा बाचन गरेर सुनाए ।

कार्यक्रममा सबैको स्वागत गर्दै बेल्जियम शाखाका उपाध्यक्ष लोकनाथ शर्माले भाषा साहित्यको सेवामा उपस्थित सबैप्रति आभार प्रकट गर्दै अनेसासको वरिपरि गोलबन्द हुन आह्वान गरे।

त्यस्तै, अनेसास बेल्जियमका सल्लाहकार तथा आख्यानकार पन्चम अधिकारीले आफुले केहि समयअघि विमोचन गराएको आफ्नो कथा संग्रह ‘प्रवाशीको देश हुन्न’बारे बोल्दै सबैलाई उक्त कितावले दिएको संदेशबारे प्रष्ट्याएका थिए । उनले अनेसासले बेल्जियममा रहेका साहित्यिक मनहरुलाई समेट्न अहम भूमिका खेलेको भन्दै आभार प्रकट गरे ।

लक्ष्मी जयन्तीको उक्त सभामा विमोचित कविता संग्रह ‘उपहार’को लेखकीय परिवेशबारे बोल्दै कवि ब्रह्मदत्त वाग्लेले कविताका सारहरूबारे छोटो विवेचना गरे भने उनले आफ्नो कविता पनि पढेर सुनाए ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सृजनाको शक्तिबारे आफ्नो छोटो टिप्पणी राखे भने अर्का पत्रकार सन्तोष न्यौपानेले निमन्त्रणा गरेकोमा अनेसासलाई धन्यवाद दिँदै अनेसासले भाषिक अभियानमा अझै जोड दिनुपर्ने सुझाव दिए ।

रचना बाचनकै क्रममा चन्द्र शर्मा, ओम शर्मा, कान्ता अधिकारी, लक्ष्मी अधिकारी, सन्तोष न्यौपाने, डिल्ली अम्माई, इश्वर पाठक, मुना ताम्राकार लगायत सर्जकहरुले महाकविलाई श्रद्धा सुमन ब्याक्त गरे । विशिष्ट अतिथि एनआरएनए बेल्जियमका सचिव रमेश दाहालले अनेसासले महाकविको सम्मानको अवसर मिलाई दिएकोमा धन्यवाद दिए।

अनेसास बेल्जियमका संस्थापक सचिव शंकर बजगाईंले अनेसास बेल्जियमले स्थापना काल (सन् २००७)देखि आफ्नो कार्यमा निरन्तर भाषा, साहित्यको लागि योगदान दिएकोले आफूलाई गौरवको अनुभूति भएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि अनेसासका केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माईले आफ्नो रचना बाचन गर्ने क्रममा प्रवाशमा भाषा साहित्यको महत्वबारे छोटो मन्तब्य दिए भने जयन्तीका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत राजभण्डारीले अनेसास बेल्जियमले गरेका कार्यक्रमको खुलेर प्रसंशा गर्दै बेल्जियमको एकमात्र बौद्धिक यो संस्थाले नेपाली पहिचानको लागि अझ धेरै काम गर्न बाँकी रहेको बताए । बेल्जियममा धेरै कृतिहरु सृजना गर्न प्रेरित गर्ने यो समाज वास्तवमै समाजको एक सुकिलो बाटो भएको र आफ्नै कार्यकालमा धेरै सृजनाहरुको पवमोचन गर्न पाएकोमा अनेसासलाई उनले धन्यबाद दिए।

सो अवसरमा अनेसास बेल्जियमले पत्रकार सन्तोष न्यौपाने, कवि जमुना गैह्रे लगायतलाई राजदुतको हातबाट आजीवन सदस्यता प्रमाणपत्र हस्तान्तरण गरेको थियो । त्यस्तै सोहिदिन बसेको अनेसास बेल्जियमको बैठकले च्याप्टरमा ईश्वर पाठक, कान्ति अधिकारी र लक्ष्मी अधिकारीलाई कार्यकारी समितिमा नियुक्त गरेको छ।

अन्त्यमा, अनेसास बेल्जियम चयाप्टरका अध्यक्ष तथा देवकोटा जयन्ती समारोहका सभापति सौरभ कारंजितले अनेसासको आजीवन सदस्यता सदैव खुला रहेको भन्दै सबैलाई सदस्यताको फाराम भर्न अनुरोध गरेका थिए । उनले यस समारोहमा हर तरहले सहयोग गर्ने सबै अतिथि तथा मातृभाषा प्रेमीहरुलाई धन्यवाद दिँदै राजदुत राजभण्डारीको कार्यकाल समाप्त हुन थोरै दिनहरु मात्र बाँकी रहेकोले खादा ओढाइ बिदाइ सम्मान गरेका थिए । कार्यक्रममा प्रवाशी नेपाली मंचका अध्यक्ष विनोद न्यौपाने, जनसम्पर्क समितिका महामन्त्री प्रकाशराज गिरी लगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्