अनेसास केन्टकी च्याप्टरले मनायो लक्ष्मीजयन्ती

अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्टकी च्याप्टरको आयोजनामा २६ कार्तिक, २०८१ का दिन ११६ औँ लक्ष्मीजयन्ती भव्यताकासाथ सम्पन्न भएको छ ।

केन्टकी राज्यको लेक्जिन्टन सहरमा आयोजित बृहत् साहित्यिक काव्य सभा अनेसासका केन्द्रीय सल्लाहकार एवंम् साहित्यकार गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

नेपाली साहित्यका विराट महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती कार्यक्रममा लुइभिल र लेक्जिन्टन सहरमा बसोबास गर्नुहुने विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग, साहित्यप्रेमी, व्यवसायी एवंम् समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

चर्चित रामायण वाचिका स्वर साम्राज्ञी सरू गुरागाईको छन्दोबद्ध प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो भने कलाकार वारूणी पाण्डेको मनोरन्जनात्मक नृत्यले दर्शक दिर्घाको ध्यान केन्द्रित गरेको थियो ।

कला, संगीत, नृत्य साहित्यका बहुआयाम मिश्रित उक्त रचनावाचन समारोहमा दर्जनौँ स्रष्टा सर्जकहरूले आआफ्ना वजनदार रचनाहरू प्रस्ततु गरेका थिए।

सर्जकद्वय मुरारी गुरागाई, बिनोद सापकोटा, बद्री दाहाल, किशोर सुवेदी, प्रेम बस्याल, अर्जुन थापा, खेम रेग्मी, कमला रेग्मी, राधा थापा, चन्द्र अधिकारी, श्रीया खरेल, जमुना खरेल पौड्याल, चम्पा गौतमले बिभिन्न छन्द र रसले भरिएका सृजनाहरू प्रस्तुत गरेका थिए ।

त्यसैगरी गायक उपेन्द्र शाही, मुरारी गुरागाईकोको बेजोड सांगीतिक प्रस्तुतिले साहित्यिक कार्यक्रम अझै रसिलो बनेको थियो भने संगीत स्रष्टा अर्जुन थापाद्वारा धाराप्रवाह शैलीबाट सन्चालित कार्यक्रम अत्यन्त रोचक बनेको दर्शक तथा श्रोताहरूले  बताए ।

त्यस्तै अनेसासका आजीवन सदस्य तथा रचनावाचक स्रष्टाहरूलाई प्रमुख अतिथिबाट प्रशंसापत्र समेत प्रदान गरिएको सहसचिव खेम रेग्मीले जानकारी दिए ।

साहित्यिक मन्तव्य व्यक्त गर्दै अनेसासका सल्लाहकार गोवर्द्धनपूजाले प्रवासमा नेपाली कला, भाषा, साहित्य संरक्षण प्रवर्द्धन गर्न आह्वान गरे । विशेषगरी दोश्रो पुस्ताका बालबालिकाहरूलाई भाषिक तथा साहित्यिक गतिविधिमा संलग्नता गराउँदै बालसाहित्यको विकास गर्नुपर्नेमा जोड दिएका थिए।

अनेसास केन्टकी च्याप्टरका सभापति बद्री दाहालले कृतज्ञतापुर्ण धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।
केन्टकीमा यो नियमित छैटौँ शृङ्खलाको साहित्यिक गतिविधि तथा जमघट हो ।

तस्बिर साभार : पदम गुरूङ

प्रतिकृया दिनुहोस्