फूलबुट्टे बादल ः फूलपत्रे धरती
फूलबुट्टे बादल ः फूलपत्रे धरती
रक्सीको रन्को मात्र होइन राष्ट्रिय खेल पनि चर्कै रहेछ यतातिर । सात खालमा तास चलिरहेको देखेपछि बोल्नुभयो केशवजी । प्रत्येक खालमा नौ–दस जना खेलिरहेछन्, बाह्र–पन्ध्र जना हेरिरहेछन् । रक्सीको रङ्ग, जुवातासको उमङ्ग भएपछि मान्छे सुध्रिने कहिले । भट्टीको ओसिलो कुनामा रमाउन्जेल खुसी कहिले ? हामी नेपालीलाई काम नभएर होइन, काम नगरेरै फुर्सदैफुर्सदमा बितिरहेछ जीवन । फलचाहिँ बाँझो धर्ती र कठिन बाटो बनिरहेछ । खजमजिएका छायाहरूले मन कोपर्छन् कताकता छायाहरू पनि मायालु बनूँन् भन्ने कामना गर्छु म । छायाहरू सच्चिँयून्, काउकुती छ ममा ।
दाग र गन्ध नलागून् बतासका धूलोमा पनि ।
सपक्क मिलेको नीलो आकाश फैलिएको छ परपरसम्म । त्यही आकाशलाई उभिएर छेक्दै छन् नीला र राता डाँडाहरूले । पूर्व र दक्षिणतिर पूरै आकाश छेकेर उभिएको छ राजापुर डाँडो । राजापुरकै फेदमा छ कुलपाते । बादलहरू बताससँग जिस्कँदै छन्, मस्कँदै छन् घामसँग ।
सल्लोको स्पन्दनले डाँडोमै कम्पन फैलेझैँ लाग्छ कुलपातेमा । सुक्खा पहाड तर सल्लीपिरको हरियालीले शीतल र सुरम्य । हिँड्दाहिँड्दै थाकेको शरीरमा रस र रङ्ग दुवै फैलिन्छ कुलपातेमा । घरहरू पनि सल्लाघारीको काखमा उमङ्गित बनेझैँ लाग्दछन्, बाख्राको छेउमा भर्खर जन्मेको पाठो बसेजस्तो । उत्तरपश्चिम र पूर्वतिरका पहाडहरूमा छरिएका ससाना बुकुराहरू देखिन्छन् । तिनै बुकुरा, पहाड र छरिएका जङ्गलका टुक्राटाक्रीहरूलाई तनतनी पिउन खोज्दै छ चम्किरहेको नाङ्गो घामले । ती शान्त बस्तीहरू देखेर घाम पनि बनेको छ निरपेक्ष । ऊ निरभिमानी पनि छ, निरभिलाषी पनि छ, निरर्गल पनि छ, र छ निरवच्छिन्न । घाममै जन्मेर, घाममै हुर्केर र घाममै जीवन बढाइरहेर पनि हामी मान्छेहरू भने किन बन्न नसकेका हौला निरहंकारी ?, किन बनाउन सकेनौँ हामीले जीवनलाई निर्गन्ध ? सल्लीपीरमा टल्किरहेको घामलाई हेरेर भावुक बन्छु म ।
कुलपाते बजारमा किनबेच निष्क्रम चलिरहेछ । बच्चा बोकेका, बच्चा डोर्याएका, बच्चा हिँडाएका र बच्चाबिना नै हिँडेका मान्छेहरू कुलपातेका पसलपसल चाहार्दै छन् । हातखुट्टा फुटेका, नङ बढेर सुगाको चुच्चोजस्तो बनिसकेको, गर्धन, पाखुरा र पिडौँलाभरि मैल र मैलका बीचबीचबाट निस्किएका पसिनाका धाराहरूले अमिलो गन्ध छोडिरहेका मान्छेहरू देखिन्छन् । उनीहरूले पुरानै भए पनि कोट, दौरा सुरुवाल, टोपी, सारीचोलो र कुर्तासुरुवाल पहिरेका छन् । दिनभर कृषिकर्म र रातोदिन बस्तुभाउको स्याहारसुसारमा लाग्नुपर्ने बाध्यताले कहाँ बन्न दिन्छ र गाउँलेलाई सुकिलोमुकिलो । तैपनि हाँस्दै हिँडेका छन् । बजार पुगेपछि चाउचाउ र चिप्स खाएर दङ्ग छन् । मःमः र मासु चिउरामा मख्खिएका छन् । चिप्स, भुजिया र चटपटेमा रमाउँदै छन् बच्चाहरू ।
‘कुलपातेको लस्सी, एक पटक खाए आउँछ फर्की, फर्की’ भन्छन् दाज्यू, हामीले पनि छोड्नु भएन नि ।’ गाडी रोक्न अह्राउनुहुन्छ केशवजीले ।
बेन्चमा बसेकाहरू र आँगनभरि उभिएकाहरू लस्सी पिउँदै छन् । प्यासको अघिल्तिर पानी नै औषधि बन्छ, अझ दही भेटेपछि के चाहियो र ?
हामीले पनि दुई पटक थपेर लस्सी पियौँ । गाउँको एकराते दही, त्यसमाथि काजु पेस्ता, दाख र कागजी बदामको धूलो । गर्मीले प्याकप्याक्ती परेको आँतमा त्यस्तो भेटेपछि तनमन दुवै नरसाउने कुरै भएन ।
हामीलाई सिलगढी पुग्नु छ । पिपल्लाबाट तल झरेपछि फेरि भेटिन्छ सेती नदी । नदी र समय उस्तै हुन् । भेटिन्छन् तर पर्खंदैनन् । मलाई रूखहरूसँग कुरा गर्न, नदीसँग गीत गाउन र आकाशझैँ चम्किलो बन्न रमाइलो लाग्छ । नदीका छालहरू र समयका वेगहरूसँग जुध्दै अघि बढ्नुमा जत्ति आनन्द अरू के नै हुन्छ र जीवनमा ।
तेह्र महिनाअघि खाडीबाट फर्केका रहेछन् लस्सीसाहूजी । ‘साउदीमा पाँच वर्ष बस्दा सिद्राझैँ सुक्यो ज्यान, न राम्रो कमाइ, न खानपिनको बन्दोबस्त, न परिवारको तातो न्यानो । बित्थामा बिते ती दिनहरू । यता आएर लस्सी व्यापार थालेपछि महिनाको तीस हजार त कम्तीमा बच्छ, जहानपरिवार हेर्न पाइएको छ, खेतीपातीमा गोडमेल गर्न पाइएको छ, अब काम खोज्न विदेशचाहिँ गइन्न ।’ गर्वले छाती फुलाउँछन् लस्सीसाहूजी । ‘उद्यमीले दुःखका आँसु निकाल्न पर्दैन’— भन्छौँ हामी ।
दिउँसो दुई बजेतिर कुलपातेबाट पूर्वतिरको सडक पछ्याउँछ हाम्रो गाडीले ।
‘यो सेती हाइवे हो, स्याउलेदेखि सिलगढीसम्म सेती हाइवे हो दाज्यू ।’— राजापुर डाँडाका टुप्पातिर रहेका सरकारी कार्यालय हेर्दै तलतिर झर्दा अथ्र्याउनुहुन्छ केशवजी । डाँडातिर क्षेत्रीय स्तरका सरकारी कार्यालयहरूको लर्को देखिन्छ ।
राजापुरबाट अलिकति तल झरेपछि भेटिन्छ पिपल्लाबजार । पहाडको काखमा फैलिरहेको पिपल्लाबजार घचमचको धुइरो बनेको छ । सडक छ, सडकवरिपरि बेपरवाहसँग बनेका छन् घरहरू । घरवरिपरि रूखहरू छैनन्; पूmल, बिरुवा र सफा सुग्घर छैन । गाडीको घ्यारघ्यार जताततै छ, ट्याँट्याँ र टुँटुँ हर्नको अत्यासलाग्दो बजान छ । सहर बनाउने तर शान्ति र सौन्दर्य भगाउने, त्यस्तो सहरको के काम ? पिपल्लाबजारमा दस–आठवटा पिपलाका बोटहरू फैलियूँन्; केही लालुपाते र केही लालुपाते झाँगियूँन; जिरेनियम गमलामा फुलिरहून, सयपत्री, केरा र बेगमबेली हल्लिरहूँन हावासँगै; गाडी रोक्ने निश्चित ठाउँ होस्, पानीका फोहरा फुलिरहूँन छेउकुनामा । अनि पो बन्छ सहर, सहरजस्तो । हामी नेपालीले कङ्क्रिटको गारो उठाउनुलाई नै घर भन्ठान्यौँ । घरका खात जोड्नेबित्तिकै सहर भन्ठान्यौँ । त्यसै भएर पो सहर, सहरजस्तो भएन हाम्रो । दिपायलको पिपल्लामा स्याउ किन्दै सहरको आँकलन गरिरह्यौँ हामी चारले ।
हामीलाई सिलगढी पुग्नु छ । पिपल्लाबाट तल झरेपछि फेरि भेटिन्छ सेती नदी । नदी र समय उस्तै हुन् । भेटिन्छन् तर पर्खंदैनन् । मलाई रूखहरूसँग कुरा गर्न, नदीसँग गीत गाउन र आकाशझैँ चम्किलो बन्न रमाइलो लाग्छ । नदीका छालहरू र समयका वेगहरूसँग जुध्दै अघि बढ्नुमा जत्ति आनन्द अरू के नै हुन्छ र जीवनमा । बगेको सेती हेरिरहेँ । एकोहोरो सङ्गीत कोरल्दै दौडिरहेछ सेती । मलाई सेतीकिनारमा उभिएर माछा खेलाउन मन थियो । माछा नभएको नदी र चराबिनाको गुँड पटक्कै हेर्न मन लाग्दैन मलाई । पारि उत्तरपूर्वतिर डाँडाको टुप्पामा सुन्दर देखिन्छ सिलगढी बजार । सेतीको खोचमा पुगेपछि दायाँतिर बसेको सुदूर पश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल र बायाँतिर पुरानो सहर सिलगढी, साँच्चै सुन्दर र मनमोहक देखिए । बस्तीहरू सुन्दर देखिनु भनेको मान्छेको जाँगर दर्सिनु हो, सभ्यता झल्किनु हो र हो खुल्नु मान्छेको औकात । कुनै बेला क्षेत्रीय सदरमुकाम सिलगढीमै रहनुपर्छ भन्ने अडान थियो सिलगढीवासीको । नयाँ ठाउँमै रहनुपर्छ भने दिपायलवासीले । संवृद्धिको लोभ आखिर कसलाई हुँदैन र ? आखिर जिल्ला सदरमुकाम सिलगढीमा र क्षेत्रीय सदरमुकाम दिपायलमा राख्ने सहमति भयो र त्यसै गरियो ।
डाँडाको थाप्लोमा सिलगढीबजार कलाकारले भर्खर तयार गरेको चित्रजस्तो देखिइरहेछ । सहरमा पस्नभन्दा टाढैबाट हेर्न मन पर्छ मलाई, विशेषतः नेपालका सहरहरू । टाढाबाट हेर्दा घरहरू मिलेका देखिन्छन्; राम्रा सडक, राम्रा छाना, बहुरङ्गी भवनहरू देखिन्छन्; तर सहर पसेपछि सहरको कर्कश आवाज, घन्चमन्च र सहरभित्र लुक्नेहरूका काला नाटकहरू असजिला लाग्छन् मलाई ।
सेती पुल तर्यौँ । अब उकालो छ सडक । घुम्तीहरू प्रशस्त छन् । दक्षिण दिशाबाट घोलताडाले हेरिरहेछ हामीलाई । शान्त देखिन्छ त्यो बस्ती । पहाडहरू आकाश छेक्न तम्तयार भएर उभिरहेछन् । सडकभन्दा धेरै पर ससाना गोरेटाहरूले जोडेका छन् टुक्रुक्कटुक्रुक्क बसेका घरहरूलाई । मान्छे त हुन्, कहिलेकहीँ व्यथाले पनि सताउँदो हो त्यहाँका मान्छेहरूलाई; कहिलेकहीँ स्वास्थ्य, सुरक्षा र मनोरञ्जनको खोजीमा हिँड्न मन लाग्दो हो परपरसम्म तर त्यस्तो केही सहज छैन त्यतातिर । अप्ठेरो ठाउँमा जन्मनु नै एउटा दुर्घटना हो मान्छेका लागि । भीरमा होस् या ककारोमा, सुक्खामा होस् वा अप्ठेरोमा जन्मेको ठाउँ नै प्यारो लाग्छ मान्छेलाई । जन्मेको ठाउँमै माया फिजिन्छ । त्यहीँ माया गाँस्छ । त्यही जुध्छ । त्यहीँ हारजितको महसुस गर्छ । झगडियाहरू पनि मायालु लाग्छन् उसलाई, अप्ठेराहरूबाट पनि धेरै सिक्छ उसले । त्यसै भएर पनि जहाँ पुगे पनि, जत्ति कमाए पनि आफ्नै गामठाममा केही देखाउन तम्सिन्छ मान्छे ।
हामीहरू यस्तै चर्चा गरिरहेछौँ ।
बारी पनि त्यति धेरै भेटिँदैनन् सिलगढी जाने उकालोतिर । जङ्गल पनि त्यति घना छैनन्, भुत्ल्याइसकेको खसीजस्ता छन् ।
डाँडाहरू । डाँडामा उभिएको सिलगढी भने साँच्चै छिट्टै पुगूँ पुगूँझैँ लोभलाग्दो देखिन्छ । झन्डै पाल्पाको तानसेन बजारजस्तो देखिन्छ सिलगढी । झन्डै गोरखा बजारजस्तो छ सिलगढी । दोलखाको चरिकोटजस्तो अलिअलि इलामको फिक्कलजस्तो पनि सिलगढी । ‘डाँडामाथिको बजार सम्भावना हजार’ भन्छु म साथीहरूलाई ।
सिलगढीबजार पस्दैनौँ हामी । सिलगढीलाई बायाँ पारेर उकालो चढ्छौँ । हामीलाई झिँग्राना पुग्नु छ साँझसम्म ।
तुवालोको माझमा नीला पहाडहरूको छरिबरिले मन झन्झन् उज्यालो बन्छ । खनजोत गरेर मकै रोप्न ठिक्क पारिएका बारीका पाटाहरूको सौन्दर्य अरू मनमोहक छ । कतैकतै तरवर्र उम्रिएका मकैका पिपिरा देख्दा जीवनमोह अझ झाँगिन्छ । त्यो सुनसान एकान्तमा कतैकतै मान्छे हिँडेको भेट्दा असाध्यै मक्खिन्छ मन ।
सिलगढीबजार नाघेपछि कच्ची बाटोमा कुद्न खोजिरहेछ हामी चढेको गाडी । कहिले सडकमा बेस्सरी धूलो उडाउँदै, कहिले डरलाग्दा मोड पार गर्दै, खोलाका जँघारहरू तर्न फोरह्विल लगाउँदै गर्दा हाम्रो गाडीका चालक जीवन कार्की पनि थाकेको जस्तो लाग्दै छ हामीलाई ।
‘ड्राइभरको जागिर; निद्रा, भोक र थकाइ भन्न कहाँ पाइन्छ र हजुर । चाल नछोड्ने नै असल चालक हुन्छ हजुर ।’ जीवनजीको भनाइ चित्त बुझ्छ हामीलाई । ड्राइभर हुनु भनेकै सधैँँ नयाँ कुराहरूसँग नजिक हुन पाउनु हो । ‘गाडा कुदाउँदै परपर पुग्न पाएँ’ एउटा कल्पना उभिन्छ मनभित्र ।
सडकको दायाँबायाँ उत्तिसघारी देखिन्छ । खोच खोल्सीमा सिस्नु, अल्लो र घँघारु फुलिरहेछन् । लटरम्म फलेको छ चुत्रो, पहेँलपुर देखिन्छ पाकेको ऐँसेलु । सानो छँदा पाँचमानेको जङ्गल चाहारेर र भाँगेको डिलतिर काफल, ऐँसेलु र चुत्रो खाएको सम्झँदा मुख नै रसायो मेरो । ऐँसेलुका काँडाले कोरेर हातगोडा पूरा रगताम्य हुन्थ्यो, चुत्रो खाएर दाँत र ओठ पूरै नीलो देखिन्थ्यो । तैपनि हाँगाहाँगा चाहारेर काफल टिप्थ्यौँ । अँगालाभरि ठोट्ने र झोलाभरि मँडिलो, काफल र कालीकाठका गेडा बोकेर घर फर्कन्थ्यौँ । जङ्गलयात्रा साँच्चै साहसी र साँच्चै अविस्मरणीय बन्थ्यो त्यतिखेर ।
गाडी रोक्न लगाएर ऐँसेलु, चुत्रो खाऊँजस्तो लागेको हो मलाई । टाढाको गन्तव्यमा हिँड्दा बीचको मीठोमसिनोमा अलमलिनु हुँदैन भन्ने सोचेँ केही भनिनँ कसैलाई ।
बगलेक भेट्न सकीनसकी गुडिरहेछ गाडी । उकालो चढ्दाचढ्दै मोडमा बच्चा बोकेकी एउटी बहिनीले रोक्ने इसारा गरिन् हाम्रो गाडी । नरोक्ने विचारले हाम्रा गुरुले हुँइक्याए अघिअघि । गाडी रोक्न भन्नुभयो केशवजीले ।
‘हामी पनि बगलेक जान्या हौँ क्या, लगिदिनु नि’— गाडी नजिकबाट बोलिन् बहिनी ।
‘पैसा दुई हजार लाग्छ, जान्या हौ त ?’ सबै हाँस्यौँ ।
‘बीस रुपियाँको बाटोलाई दुई हजारको धाक’— बहिनी खरी रहिछिन् ।
बहिनीलाई गाडीमा राख्यौँ । सानो नानी गर्मीले धकाइरहेथ्यो । हामीले पानी पियाइदियौँ ।
‘बच्चा भएर मात्र, नत्र यस्ता थुम्का त दस मिनेटमै नाघिसकिन्थ्यो ।’ पहाडीबालाको जोस राम्रै थियो ।
बगलेकमा पुग्दा घाम पश्चिमको होचो डाँडाको नजिक पुगिसकेको थियो । बगलेक आफैँ डाँडाको टुप्पामा बसेको छ नानीको नाकको पूmलीझैँ । पन्ध्र–बीस घरहरू मात्र देखिन्छन् बगलेक बजारमा । चिया चमेनाका पसलहरू छरिएका छन् बगलेकका आधाजसो घरहरूमा । चिया पसलका बेन्चहरूमा, पर्खालहरूमा र आँगनहरूमा जताततै खाली भुइँमै लम्पसार परेर बसेका छन् मान्छेहरू । तिनीहरूको आङमा टोपी, कोट, दौरा र सर्टपाइन्ट देखिन्छ । कपडाहरू कहिल्यै धोएजस्तो लाग्दैन । ती मान्छेहरूमध्ये कसैले चाउचाउ, कसैले चिया, कसैले सेलरोटी र कसैले चनाचिउरा खाँदै छन् । चुरोट त प्रायः सबैको हातमा छ ।
बजारको माझको होटेलमा चिया र बिस्कुट खायौँ हामीहरूले । खान त दहीचिउरा मन थियो, तर झिँगाहरू यति धेरै थिए कि हरेक गाँसमा कुनै न कुनै झिँगा मिसिएलान् भन्ने डरले दही खान सकेनौँ । पसलका साहूसाहुनीका हातगोडाले पनि धेरै दिनदेखि पानी नभेटेजस्तो देखेर दिगमिग लागिरहेथ्यो खानलाई ।
दुईवटा बेन्चमा बसेका छौँ हामी चार जना ।
‘सलाम हजुर ।’ माथितिरबाट हल्लँदै आएका एक अर्धवयस्कले मज्जैले खुट्टा बजारे भुइँमा । उनको हातमा एक बोतल खोयाबिर्के थियो । बेलाबेलामा ठाडो घाँटी पनि लगाउँदै थिए । उनको पछिपछि अर्का अधबैँसे पनि उनीजत्तिकै हल्लिँदै आएका थिए । ती दुवै छिनमा अँगालो मार्थे । छिनमै आमाचकारी गाली बर्साउँथे ।
‘म बगलेकको काजी हुँ, बलबहादुर खड्का ।’
‘यो त के काजी, म हुँ सक्कली काजी सुरवीर विष्ट ।’
दुवै काजी हुँ भन्ने चिनाउन आतुर थिए ।
‘मान्छेको चालढाल देख्दैमा काजीहरू हुनुपर्छ भन्ने लाग्या थियो’— मैले हाँस्दै भनेँ ।
‘हो मान्ठा चिन्ने मान्ठा हुनुहुँदो रहेछ तपाईं ।’ दुवैले अँगालो मार्न आए मलाई । ह्वासह्वास्ती गन्धले बान्ता आउला जस्तो भयो ।
‘मलाई खुबै हेपे यहाँका मान्ठाहरूले । यो बगलेक डाँडै बेचिदिन्छु म अब । अनि कहाँ गएर मुखमा माड लाउँछन् यो गाउँका मान्ठाहरूले हेरूँ न म पनि ।’ रित्तिएको खोयाबिर्के ढुङ्गामा हानेर झर्यामझुरुम फुटाए बलबहादुर काजीले ।
‘बगलेकको मात्र के कुरा उडितोला, काँडामाडौँ, र गैरागाउँसमेत किनिदिन्थेँ । यहाँका मान्छे नै मन पर्दैनन् र पो । मैले किनिन भने कसलाई बेच्छस् तैले बगलेक ?’ तिनीहरू दुवै हाँसे । हामी पनि हाँस्यौँ ।
‘न बस्ने घर छ, न खल्तीमा सुकोदाम छ, किनबेच भने डोटी जिल्लाकै छ । यस्ता पनि मान्छे ।’ साहुनी कराइन् ।
‘त्यसरी नहेप न सुनमाया । बरु एक माना खोयाबिर्के देऊ । भोली पक्का पैसा दिन्छु क्या । ‘गाईको रगत खानु’, दिन्छु ।’ पिँढीको थाममा अडेस लागेका सुरवीर काजी पुल्टुङ्ग पल्टे आँगनमा ।
‘कहाँ गयो कोरले खाने बले ? यही ढुङ्गाले कन्चटमा हानेर ठहरै पार्दिन्छु बजियालाई । यस्ता कि जोई हुनुभन्दा त मर्नु जाति । एउटा तिलहरी लुकाएर राखेको थिएँ । त्यही पनि बेचेर ठाडो घाँटी लगाएछ । कोर सल्केको हात ।’ एउटी महिला झन् हल्लिँदै ओर्लिन् आँगनमा । झन्डै हातको ढुङ्गाले हानेकी थिइन् बलबहादुरलाई । साहूजीले ढुङ्गा खोसेर फालिदिए बारीको कान्लातिर र पो बचे बलबहादुर काजी । सात रेक्टर भुइँचालोले हल्लाएको घरझैँ हल्लिरहिन् दिलसरा । उनको पछिपछि चाउचाउ टोक्दै आएको पाँच–छबर्से बालक पनि उनीसँग बस्यो । उसको आँगमा एउटा सर्ट मात्र थियो, त्यो पनि चिल्थरो । सिगान, ¥याल र मैलको गन्धले झिँगाहरू रमाउँदै भुनभुनाइरहेथे उसको शरीरभरि ।
‘के थाहा छ र, कतै हामी हिँडिरहेको यही बाटोमा पनि एम्बुस बिच्छ्याइएको छ कि ? के थाहा छ र हिँड्दाहिँड्दै विष्फोटमा मरिन्छ कि ? के थाहा छ र हिँड्दाहिँड्दै अपहरणमा परिन्छ कि अझै पनि ?’ एउटा सन्त्रास पोख्नुहुन्छ कालीबहादुरजी । माओवादी र सरकारबीच शान्ति सम्झौता भएर पनि युद्ध राम्ररी थामिइनसकेको धेरै प्रसङ्ग कोट्टयाइरहनुहुन्छ उहाँ । युद्ध अहिलेसम्म कहिले राम्रो भयो र संसारमा । युद्ध भन्नेबित्तिकै सन्त्रास त आउने नै भयो ।
‘मलाई पो दोष लगाउँदी रहिछे पखिनी कहीँ कि ।’ बलबहादुर डुक्रियो । हिजो सिलगढीमा आफैँले छ हजारमा बेचेर धोकेकी होइनस् । अझ मलाई भन्छेस् । बरु कति बाँकी छ ले । बिहेमा मैले नै किनिदिएको तिलहरी बेच्दा, मैले नै एकमुठी रक्सी खान पनि नपाउने भएँ हगि ।’ बलबहादुरले एक मुक्का हान्यो । जबाफमा एक लात्ती हानी दिलसराले । हामीले भने पैसा ति¥यौँ चियाचमेनाको । त्यो दृश्य देख्दा मझेरीमा काँडा उम्रेझैँ लाग्यो मलाई ।
‘ए सर, मलाई सय रुपियाँ दिइबक्स्योस् न । पेटको इलाज गर्नु छ क्या’— सुरवीर बोले ।
‘एक सय होइन दुई सय दिन्छु, तर अबदेखि रक्सी पिउन छोड्ने हो भने मात्र’— मैले भनेँ ।
‘खान्न क्या, धरोधर्म खान्न, गाईखाने खान्न, खान्न भनेपछि खान्न, काजी बोलेपछि बोल्यो, बोल्यो ।’ तनक्क तन्केर सलाम ठोके काजीले । जमानामा भारतीय सेनामा भर्ती भएका रहेछन् उनी ।
सयसयको दुईवटा नोट दियौँ काजीलाई । हामीले बाटो पनि ततायौँ । बगलेक बजारको सिरानमा पुगेपछि हेरेको त दुई काजीको हातमा दुई खोयाबिर्के बोतल । ‘खान्नखान्न लोकाचार खान लाग्यो मानाचार’ भएपछि के लाग्छ र ? बजारबाट एक किलोमिटर माथिसम्म पुग्दा पनि खोयाबिर्केको झिल्के झोलले लडेका एघार जना देखिए । कोही बाटामा, कोही बारीको पाटामा, कोही घरको आटामा, कोही रछ्यानको गन्धे माटामा । रक्सीले लाज, शर्म, घिन, पीर, चिन्ता केही थिएन कसैलाई । रक्सी त जिउनुको मीठो रन्को बनिरहेथ्यो तिनीहरूलाई ।
रक्सीको रन्को मात्र होइन राष्ट्रिय खेल पनि चर्कै रहेछ यतातिर । सात खालमा तास चलिरहेको देखेपछि बोल्नुभयो केशवजी । प्रत्येक खालमा नौ–दस जना खेलिरहेछन्, बाह्र–पन्ध्र जना हेरिरहेछन् । रक्सीको रङ्ग, जुवातासको उमङ्ग भएपछि मान्छे सुध्रिने कहिले । भट्टीको ओसिलो कुनामा रमाउन्जेल खुसी कहिले ? हामी नेपालीलाई काम नभएर होइन, काम नगरेरै फुर्सदैफुर्सदमा बितिरहेछ जीवन । फलचाहिँ बाँझो धर्ती र कठिन बाटो बनिरहेछ । खजमजिएका छायाहरूले मन कोपर्छन् कताकता छायाहरू पनि मायालु बनूँन् भन्ने कामना गर्छु म । छायाहरू सच्चिँयून्, काउकुती छ ममा ।
‘ए, बहिनी झिँग्राना जाने बाटो कता हो ?’ पिठ्यूँमा ढुङ्गा बोकेर हिँडिरहेका तीन बहिनीसँग सोध्यौँ हामीले ।
‘ऊ त्यताबाट उकालो जानुहोस्, त्यहाँबाट दायाँ मोडिनुस्, अनि सीधै पूर्व लाग्नुस् ।’— एउटी बहिनी बोलिन् ।
‘आ… गाडी जाने सडक नछोडी जानुस्, पुगिहाल्छ नि । गाडी चढ्ने, सडक नदेख्ने कस्तो हो यी दाइ त ।’ खित्का छोडेर हाँसे ती बहिनीहरू । निर्दोष जून मुसुक्क खुलेको छ अनुहारमा तिनको । परिश्रमीहरू सधैँँ मुस्कुराउँछन् भन्ने प्रमाण जुटेको छ उनीहरूको चालढालमा ।
हामी हुइकियौँ पूर्वतिर । सडकको धर्सो पूर्वतिरको डाँडामा प्रस्ट देखिन्छ । उत्तरतिरको पहाड नीलाम्य छ जङ्गलले । तलतिर गाउँहरू छन् । कुखुरा बासेको कुकुर भुकेको आवाजले अलिअलि बिथोल्दै छन् शून्यतालाई । गाउँ जागा नै छ भन्ने प्रमाण पेस गरिरहेछ तिनीहरूको आवाजले ।
मेघाच्छन्न छ पूर्वतिरको आकाश ।
‘लौ यत्तिसम्म रहेछ सर’— झ्याप्प ब्रेक लगाउनुभयो कार्कीजीले । सडक पूरै भत्केर ध्वस्त भएको । माथितिरबाट झरेको पहिरोले क्षतविक्षत बनेछ, टेक्ने ठाउँ सबै । अब पैदल हिँड्नुपर्ने भयो झिँग्रानासम्म । गाडी त्यतैबाट फर्कियो । घडीले साँढे तीन बजेको सङ्केत गरेको छ ।
मन्दमन्द बतास चलिरहेछ । बाटामा हिँडिरहेका हरेक मान्छेको पिठ्यूँमा पोका पन्तरा छन् । गाडी नचल्ने ठाउँमा सामान नबोकी कहाँ हिँड्न पाइन्छ र ? हामीले पनि एकएकवटा झोला बोकेका छौँ, पिठ्यूँमा । बाटोको तल्लापट्टि गोरु जोत्दै छन् दुई दाइहरू । छ–सात दिदीबहिनीहरू डल्ला फोर्दै छन् । बेलाबेलामा ठट्टा गर्दै हाँस्दै पनि छन् । उनीहरूका लागि संसार त्यही बारी बनेको छ । अन्न फलाउने जाँगर आइज्याक न्युटनको गुरुत्वाकर्षणको खोजजत्तिकै छ ।
‘यो बाटोमा हिँड्दा बारीभरि गीत गाएको सुनिन्थ्यो । गाउँ, बाटो र चौतारोमा किनबेच, नाचगान र रामरउस खुबै चल्थ्यो । जनयुद्ध सुरु भएपछि गाउँलेको ओठबाट हाँसो हरायो । अचेल मान्छे देखेर सन्त्रस्त बन्छ मान्छे ।’ बझाङ जान लागेका शिक्षक कालीबहादुर थापा युद्धले निम्त्याएको जर्जरता पोख्नुहुन्छ हामीसँग । मान्छेले कैयौँ वर्ष लगाएर सभ्यता, संस्कार र संवृद्धि तयार गर्छ, तर युद्धले केही क्षणमै त्यो सबै नष्ट गरिदिन्छ । परिवर्तनका लागि बिजुलीझैँ चम्केर उभिन्छ युद्ध । युद्धले संस्कार र संस्कृति नासिदिन्छ, राज्य बदलिदिन्छ र बदलिदिन्छ मान्छेको मूल्य र मान्यतालाई । युद्धले नयाँ बाटो त पहिल्याउँछ, तर सहिनसक्नु हुन्छ युद्धको घाउ । युद्धको घोषणा गर्नेहरू गुफा पस्ने, निर्दोषहरू निमिट्यान्न हुने स्थिति पनि आउन सक्छ कहिलेकहीँ युद्धमा । मैले साथीहरूलाई जर्ज अरवेलको एउटा भनाइ सम्झाएँ—
‘युद्ध नै शान्ति हो
स्वतन्त्रता दासता हो
अज्ञानता नै बल हो ।’
‘के थाहा छ र, कतै हामी हिँडिरहेको यही बाटोमा पनि एम्बुस बिच्छ्याइएको छ कि ? के थाहा छ र हिँड्दाहिँड्दै विष्फोटमा मरिन्छ कि ? के थाहा छ र हिँड्दाहिँड्दै अपहरणमा परिन्छ कि अझै पनि ?’ एउटा सन्त्रास पोख्नुहुन्छ कालीबहादुरजी । माओवादी र सरकारबीच शान्ति सम्झौता भएर पनि युद्ध राम्ररी थामिइनसकेको धेरै प्रसङ्ग कोट्टयाइरहनुहुन्छ उहाँ । युद्ध अहिलेसम्म कहिले राम्रो भयो र संसारमा । युद्ध भन्नेबित्तिकै सन्त्रास त आउने नै भयो ।
हिँड्दाहिँड्दै पसिनाले निथु्रक्क बन्छौँ हामी । बाटो त्यति उकालो ओरालो छैन । अप्ठेरो पनि होइन । सिमलको नाङ्गो हाँगामा पालुवा पलाउँदै गरेको देख्दा समयमा प्वाँख पलाएझैँ लाग्छ । हामी तीन जना देशले अब युद्धबाट छुटकारा पाओस् भन्ने कामना गर्छौं । अबको समयको हरेक स्पर्श खुसी र उज्यालोमा होओस् भन्ने कामना गर्छौं । युद्धका रेखाहरू बिलाएपछि देशको मुहारमा सुनौला पुष्पदलहरू फैलने विश्वास गर्छौं । कमसेकम युद्ध गर्नेहरूको दिमागमा शान्तिका सपनाहरू उदाऊन् भन्ने कामना गर्छौं ।
घाम डुबिसकेको छ पश्चिमतिरको डाँडाबाट । हामी अग्लो तर जङ्गलले ढाकेको डाँडाको फेदमा पुगेका छौँ । आठ–नौ घर छरिएका छन् । पारिपट्टि सिपाहीहरू ओहोरदोहोर गरेको देखिन्छ । खप्तड राष्ट्रिय निकुञ्ज लेखेको देखियो टाढैबाट ।
‘ए दिदी यो गाउँको नाम के हो ?’— आँगनमै बनाएको चुल्होमाथिको कराहीमा प्याज र आलु भुटिरहेकी एउटी दिदीलाई सोधेँ मैले ।
‘झिँग्राना’— दिदीको जबाफ मात्रले पनि थकाइ मेटिएझैँ भयो मलाई । किनकि त्यो रात त्यहीँ झिँग्रानामा बिताउने लक्ष्य हो हाम्रो । दिदीले पकाइरहेको आलुप्याज देखेर मुखै रसायो ।
‘हजुरहरू केशव इन्जिनियर सा’बको ग्रुप हो ?’ पिँढीमा बसेका तीन भाइमध्ये एक जुरुक्क उठे र प्रश्न गरे । उनीहरूले सैनिक पोसाक पहिरेका थिए ।
‘हो’— केशवजीको जबाफ ।
‘हजुरहरूलाई ब्यारेकमै राख्ने भनेको, केही समस्या भएकाले झिँग्राना होटेलमा राख्ने भन्नुभएको छ हाम्रो क्याप्टेन सा’बले । आउनुहोस् उतै जाऊँ ।’— भाइहरू अघि लागे । हामी पछिपछि । अलि माथितिर एउटा स्यानो घरमा लेखिएको रहेछ— झिँग्राना होटेल, झिँग्राना ।
हामीहरू हत्त र पत्त पिठ्यूँका झोलाहरू पिँढीमा राखेर आँगनको बेन्चमा टुसुक्क बस्यौँ ।
हाम्रै वरिपरि चिरबिराए एक हूल चराहरू । नजिकैको डाँडाबाट झरिरहेका गाईहरूको खुरतिरबाट उठ्दै उडिरहेथ्यो सुन्दर गोधूलिको लहर । मैले गडेर हेरेँ झिँग्रानाको निर्दोष अनुहार । झिँग्रानाले एकोहोरो हेरिरहिन् मेरो शिरदेखि पाउसम्म । चार आँखा भएपछि मुसुक्क मुस्कुरायौँ हामी दुवै । घामका किरणहरूले पश्चिमतिरको बादलका केस्राहरू सुन्तले बनेका छन् ।
नियात्राकार डा.दामोदर पुडासैनी ‘किशोर’का दर्जनौँ नियात्रा कृतिहरू प्रकाशित भएका छन्। उनका थुप्रै कृतिहरूले विभिन्न पुरस्कारहरू प्राप्त गरिसकेका छन् । नेपाली साहित्यका पुस्तकहरूमा भूमिका लेखन तथा समीक्षा लेखन गरिसक्नुभएका पुडासैनी नेपाली वाङ्मयका अब्बल दर्जाका साहित्यकार हुन् ।
प्रतिकृया दिनुहोस्