लासहरू आस गरिरहेछन्

यी लासहरुले  फेरी आज एउटा आस गरिरहेछन्

चोक चोकमा मानिसहरु फगत बकवास गरिरहेछन्

 

लड्दा लड्दै ढल्यो ऊ र शहिद बन्यो सीमानामा

ठालु पल्टेर ती ठेकेदारहरु तमास गरिरहेछन्  

 

बन्छ देश अनि हेरौला प्रगति भन्थ्यो ऊ पनि

बल्दैन चुल्हो गरीबको, कुरा भने खास गरिरहेछन्  

 

साँठगाँठ छ भन्छन् ‘रअ’ सँग भेट्छन रे दुतावासमा

आफ्नालाई पोसी, निमुखालाई उठिबास गरिरहेछन्  

 

जहाज आउला रेल गुड्ला रकेट पनि बन्ला एकदिन

पेट भर्नै पो नपाइएला कि, जनता सन्त्रास गरिरहेछन्

 

(वौद्धिक  तथा साहित्यिक चेतका  धनी डेनमार्क निवासी सर्जक कृष्ण सागर अनेसासका आजीवन सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस्