अनेसास न्यु साउथ वेल्सद्वारा बाल साहित्यिक कार्यक्रम आयोजना
मिति – ३०/०३/२०२५
सिड्नी, अस्ट्रेलिया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) न्यु साउथ वेल्स च्याप्टरले यहि शनिबार, मार्च २९ तारिखको दिन झरना फंसन सेन्टर , रक्डेलमा आयोजना गरेको बाल साहित्यिक कार्यक्रममा अस्ट्रेलियामा जन्मे हुर्केका दोस्रो पुस्ताका १८ जना बालबालिकाहरुले नेपाली भाषामा आफ्नो रचना वाचन तथा आफ्नो गायन र नृत्य प्रस्तुति दिए। नेपाली भाषामा रचना वाचन गर्ने बालबालिकाहरुमा अभिरुभ बस्ताकोटी, अन्भी बस्ताकोटी, अप्सना पराजुली, मुमाल श्रेष्ठ, श्रेया पौडेल, प्रशन्न बाबु तिवारी, प्रजना भण्डारी, आदित्य पौडेल, अक्क्षिता तिमल्सिना, आयुस्ता तिमल्सिना, रुवाना गुरुङ, आर्या ढकाल, सिमोल श्रीपाली, आरध घिमिरे, श्रेया पौडेल, निभान पौडेल र आयाम घिमिरे थिए।
![]() |
![]() |
पानसमा दीप प्रज्वोलन एवं राष्ट्रिय गान तथा स्वागत नृत्य प्रस्तुत गरेर शुरु भएको सो कार्यक्रममा बिगत पाँच वर्षदेखि निरन्तर बाल साहित्यिक कार्यक्रममा रचना वाचन गरेका बालबालिका आयाम घिमिरे र श्रेया पौडेललाई नगद राशी $१०० र प्रसंशापत्र सहितको “अनेसास बाल साहित्य पुरस्कार” बाट सम्मानित गरिएको थियो । कार्यक्रममा करीब तीन दर्जन भन्दा बेसी नेपाली बाल साहित्यका पुस्तकहरु लेखिसक्नु भएका साहित्यकार सौरभ किरण श्रेष्ठले आफ्नो नेपाली बाल साहित्यको पुस्तकहरु प्रदर्शनीमा राखेका थिए ।
![]() |
![]() |
अनेसासका अध्यक्ष डा.प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा अन्तर्राष्ट्रिय जेसिस का पुर्व उपाध्यक्ष अनुप मान सैंजू, अनेसाका संस्थापक तथा पुर्व अध्यक्ष साहित्यकार सानु घिमिरे , अनेसासका पुर्व अध्यक्ष साहित्यकार ममता तीवारी, संचारकर्मीहरु डा. राजु मानन्धर , तकदीर अधिकारी , जीवन रायमाझी , सिता रसाइली, अनेसास सल्लाहकार एवं साहित्यकार सौरभ किरण श्रेष्ठ , कलाकार जेनिशा गौतम , पुर्व अनेसास उपाध्यक्ष बिष्णु घिमिरे , युवा साहित्यकार अस्मित रेग्मी लगायत का नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको थियो।
कार्यक्रमलाई Bella Vista Psychiatry & Wellbeing Clinic को तर्फबाट नारी निकुन्ज अस्ट्रेलियाकी संयोजक समेत रहनु भएकी संगीता चापागाई, Association of Nepal Terai In Australia (ANT-Aus) का अध्यक्ष रंजित शाह र Sage Home Loans का समिर श्रेष्ठले कार्यक्रमको लागि आर्थिक सहयोग गरेका थिए।
प्रमुख अतिथि सैंजु र सानु घिमिरेले सहभागी सम्पूर्ण बालबालिकाहरुलाई प्रसंशापत्र एवं पुरस्कार वितरण गरेका थिए भने सौरभ किरण श्रेष्ठले सम्पूर्ण बालबालिकाहरुलाई आफ्नो बाल पुस्तकहरु पुरस्कार स्वरुप प्रदान गरेका थिए । प्रमुख अतिथि सैंजुले कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्दै बालबालिका लछित कार्यक्रमको निरन्तरतामा जोड दिएका थिए। अनेसास न्यु साउथ वेल्स च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा संस्थाको अभियान निरन्तर रहने बताउदै विदेशमा जन्मेका दोस्रो पुस्ताका बालबालिकालाई मातृभाषासँग जोड्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बत्ताए । उनले सबैको सहयोग र सहभागिताले कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै उपस्थित सबै प्रति आभार एवं धन्यवाद प्रकट गरे।
संस्थाकी महासचिब भावना पराजुलीले अनेसासले बिगत आठ बर्ष देखि हरेक बर्ष नेपाली दोश्रो पुस्तामा नेपाली भाषा र साहित्य चिनाउन तथा प्रबर्धन गर्ने निरन्तरताको रुपमा यो कार्यक्रम आयोजना गरिएको बताएकी छिन्। यस कार्यक्रमलाई औपचारिक रुपमा संस्थाकी महासचिब भाबना पराजुली र पब्लिक अफिसर मुक्तिराम पोखरेलले संचालन गरेका थिए भने बाल साहित्यिक कार्यक्रमको उद्घोषण मिठो र सहज ढंगले नेपाली भाषामा बोल्दै ११ वर्षीय बाबु आयाम घिमिरेले गरेका थिए।