फ्रान्समा पनि अनेसासको शाखा जन्म्यो

पेरिस । अन्तराष्ट्रिय नेपाल साहित्य समाज (अनेसास) ले आफ्ना शाखाहरु बिस्तार गर्ने क्रममा फ्रान्समा पनि आफ्नो शाखा गठन गरेको छ। केहि दिन अगाडी अर्थात मिति चैत्र २४ ,२०८१ को दिन भर्चुवल रुपमा सम्पन्न भेलाद्वारा गठन गरिएको शाखालाई गत आइतबार सम्पन्न अनेसास केन्द्रीय समितिको बैठकले अनुमोदन गरि सकेको छ। उपस्थित सबै आजीवन सदस्यहरुको बिचमा सम्पन्न भेलाले प्रसान्त उप्रेती ‘भुइँमान्छे’को अध्यक्षतामा १२ सदस्यीय तदर्थ समिति निर्माण गर्दै फ्रान्स शाखाको औपचारिक रुपले घोषणा गरेको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमित्रा बुर्लाकोटी, उपाध्यक्षमा आभाष आचार्य, महासचिवमा भिम प्रसाद रिमाल ‘निश्चल’, सचिवमा मधुकर देवकोटा र कोषाध्यक्षमा सुधाम्शु खनाल रहनुभएको छ । कार्यसमिति सदस्यहरूमा कविन्द्र कायस्थ, सन्ध्या शर्मा, सम्पूर्ण पाठक, केशव ढकाल, ओम गौचन र श्रवण कुमार कौस्तुव रहनुभएको छ ।
नव गठित समितिका अध्यक्ष उप्रेतीले फ्रान्समा रहेको तेस्रो पुस्ताका नेपालीहरूलाई नेपाली भाषा र नेपाली संस्कृति, परम्परा तथा रीतिरिवाजसँग जोड्न र जगेर्ना गर्न च्याप्टर स्थापना गरिएको जानकारी दिनुभएको छ । उहाँले फ्रान्समा बसोबास गर्ने नेपालीहरूको साहित्यिक र सांस्कृतिक गतिविधिहरूलाई अझै उँचाइमा पुर्याउने लक्ष्य राखिएको बताउनुभयो । नवगठित कार्यसमितिले संगठनको बिधान र अनुशासनमा रही आगामी दिनमा फ्रान्समा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै जाने बनाएको छ ।