ब्लाड डोनर्स अफ अमेरिका टेक्सास स्टेट कमिटिको तेस्रो अधिवेशन सम्पन्न
गत शनिवारका दिन भब्य समारोह विच बिडिए टेक्सास च्याप्टरले यस्को तेस्रो अधिवेशन सम्पन्न गरेको छ। डलास फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको रमाईलो ईभेन्ट सेन्टरमा सम्पन्न कार्यक्रमले सन्तोस कार्किको नेत्रित्वमा आगामी कार्यकाल 2025-2027का लागि नयाँ कार्यसमिति समेत निर्वाचन गरेको थियो।

शनिवार साँझ पाँचबजे सुरु गरिएको उक्त समारोहमा ब्लड डोनर्स अफ अमेरिकालाई सहयोग र साथ दिने स्थानिय सगं संस्था, ब्यक्तिहरु, रक्त दाताहरुलाई प्रमाण पत्र र प्लेगहरु प्रदान गरि सम्मान गरिएको थियो। यस्ता संघ संस्थाहरुमा टेक्सास नेपाली सोसाईटी (एनएसटि) पनि रहेको थियो। एनएसटीले ब्लड डोनर्स अफ अमेरिकाको “आफ्नो खेर गएको रगत देऊ ज्यान बचाऊ। रक्तदाननै जीवन दान हो” भन्नेजस्ता मानव जीवनसगं जोडिएका स्वच्छ, गैर राजनीतिक र गैर धार्मिक संस्था मार्फत सम्पूर्ण नेपाली तथा अन्य समुदायमा चेतना फैलाउने काम गरेको र यस्ता काम संसारका सबै समाजिक काम भन्दा पवित्र र गहन भएको भन्दै वर्षको १००० अमेरिकी डलर सहयोगको घोषणालाई निरन्तरता दिने भनेको थियो। पहिलो दुई वर्षको हुने २००० हजार डलर केन्द्रिय समितिलाई यस्को पाचौँ अधिवेशन बोस्टनमानै प्रदानि गरि सकेको थियो। एनएसटिका अध्यक्ष राजेन्द्र वाग्लेले यस्तो कार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै सबै सघं संस्थाहरुले पनि बिडिएलाई सहयोग गर्नु पर्छ र आजै सुरुवात गरौँ भन्दै उक्त अवसरमा मन्तब्य राखेका थिए।
झन्डै दुई सयजना समाजिक अभिएन्ताहरुको रोहवरमा भएको कार्यक्रम बिडिए टेक्सास राज्यका अध्यक्ष अजयराज बगालेको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथिको रुपमा बिडिए केन्द्रका अध्यक्ष महेश्वर पन्त(बोस्टन), अतिथिहरुमा वरिष्ट उपाध्यक्ष टिका पौडेल (कोलोराडो), उपाध्यक्ष लिला श्रेष्ठ ( टेक्सास) थिए।
कार्यक्रमलाई समुदघाटन गर्दै प्रमुख अतिथि महेश्वर पन्तले ब्लड डोनर्स अफ अमेरिका संस्था मात्र हैन यो एउटा तपाई हामी सबैको अभियान हो। हामी सबै यस्मा कुनै न कुनै तवरले जोडिनु पर्छ र यो अभियानलाई पुरा गर्न पर्छ भन्दै सबैलाई बिडिएसगं जोडिन आव्हान गरेका थिए। साथै एनएसटिले गरेको सहयोगको प्रसंसा स्वरुप बिडिए केन्द्रको तर्फबाट धन्यवाद प्लेग र सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा बिडिए सेन्ट्रलका पूर्व अध्यक्ष तथा सल्लाहाकार डा. नन्द रग्मीले बिडिए 2009 सालमा रक्तदान गर्ने गराउने अभियान चलाउने हेतुले गठन गरिएको नितान्त समाजिक 501 सि(3) संस्थाहो र यस्लाई सबैले सहयोग गर्दा गर्वको महसुस हुन्छ, भन्दै नेपाल देखी अमेरिका र विश्वभर स्वास्थ सिविर, सेवा सहयोग र रक्तदानका अभियानमा गरे गराएको कामहरुको सुचि समेत प्रस्तुत गरेका थिए।
उपाध्यक्ष र वरिष्ट उपाध्यक्ष लिला श्रेष्ठले र टिका पौडेलले नव निर्वाचित कार्य समितिलाई सपथ ग्रहण गराएका थिए। पुर्व वरिष्ट उपाध्यक्ष शिव काफ्लेले स्मारि पुनरजीवनका प्रकाशन र लेखक टिमलाई खादा लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा बिभिन्न सघं संस्थाका पदाधिकारीहरु र नेपाल सरकारका प्रतिनिधी राजदुत लोक दर्शन रेग्मीज्यूको शुभकाना सन्देश भिडियो मार्फत देखाईएको थियो।
अन्तमा अध्यक्ष अजय बगालेले मन्तव्य राख्दै उनको दुई कार्यकालमा सहायोग गर्ने सबै सहयोगी हातहरु, सघं संस्थाहरु, बिडिए स्टेट समिति टिम, बिडिए सेन्ट्रल समिति र लाईफ मेम्वरहरुलाई धन्यवाद भनेका थिए। नयाँ समितिलाई लगातार सर-सहयोग गरि रहने छु भन्दै उनले नयाँ कार्यसमितिलाई शुभकामना ब्यक्त गरेका थिए।
नव निर्वाचित अध्यक्ष सन्तोष कार्किले सबैलाई बिडिएमा जोडिन र सहयोग गर्न अनुरोध गर्दै साधारण सभा अन्त भएको घोषाणा गरेका थिए।
रात्री भोज सहितको उक्त कर्यक्रमको सन्चालन विकाश भन्डारी (बिडिए) महासचिव र स्टेट कमिटि मेम्वर ईन्दिरा पन्थीले गरेका थिए।

