नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १० कविता पुरस्कृत
काठमाडौं १० शनिवार, नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव २०८० मा सहभागी भएका कविहरु मध्ये मूल्याङ्कन समितिबाट सिफारिस भएबमोजिम सर्वोत्कृष्ट १० कविहरु पुरस्कारका लागि छनोट भएका छन् ।
प्रमुख अतिथि प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कविता महोत्सवको शुभारम्भ गर्नुभएको थियो । महोत्सवका विशिष्ट अतिथिको रुपमा पर्यटन तथा संस्कृति मन्त्री सुदन किँराती हुनुहुन्थ्यो भने प्रतिष्ठानका कुलपति भूपाल राईलगायत सयौँ विशिष्ट कवि तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट जारी गरिएको विज्ञप्तिअनुसार वर्णानुक्रमानुसार देहायका कवि र कविता पुरस्कृत भएका छन्—
क्र. सं. नाम कविता भाषा ठेगाना
१. उमेश पुन छोरी, सिमाना र देश नेपाली काठमाडौं
२. कृपा करुण पोखरेल रक्तिम कथा नेपाली सुनसरी
३. खिमानन्द जोशी मुई गोठ नाइँ झान्या हुँ डोटेली दार्चुला
४. जीवन आरोही प्रश्नहरुको विज्ञप्ति नेपाली उदयपुर
५. टङ्कबहादुर झाँक्री मगर (समीप वैरागी) हुन्के बे बड्डा खाम मगर रोल्पा
६. तीर्थराज विश्वकर्मा कविले के सम्झियो ? नेपाली सुनसरी
७. नवीन अभिलाषी भेरी अभिशप्त बगिरहेछ नेपाली बाँके
८. पूर्णानन्द ओझा सन्निको मान्स डोटेली डोटी
९. प्रकाश दिप्साली राई नौराको नाम नेपाली सुनसरी
१०. राधिका कल्पित परिचयपत्र नेपाली काठमाडौं