अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को पहिलो अस्ट्रेलिया च्याप्टर न्युसाउथ वेल्स च्याप्टरले यही २२ अप्रिल २०२५ मा आफ्नो १४ औं स्थापना दिवस भर्चुअल माध्यमबाट एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरि मनाएको छ ।यस च्याप्टरका अध्यक्ष डा प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न सो विशेष शुभकामना एवं रचनावाचन कार्यक्रममा अमेरिका र अस्ट्रेलियाका विभिन्न राज्यबाट ३० जनाभन्दा बढी कवि तथा साहित्यकारहरूको सहभागिता रहेको थियो भने उपस्थित २६ जनाले आ-आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रमको शुरुवातमा च्याप्टर अध्यक्ष डा प्रकाश पौडेलले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै यस च्याप्टरले विगत एक वर्षमा गरेका गतिविधिहरुलाई पावरपोइन्ट मार्फत प्रस्तुत गरेका थिए । यस च्याप्टरको कार्यसमितिको पुनर्गठन भएपछिका कार्यक्रमहरु क्रमश राज सिग्देल साँझ, भानुजयन्ती, लक्ष्मी जयन्ती, बाल साहित्यिक कार्यक्रम विशेष रुपमा सम्पन्न भएको र अनेसास घरदैलो कार्यक्रमहरु धेरै वर्षको अन्तराल पछि पुन: शुरुवात गरिएको बताएका थिए। उनले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली लेखकहरुबाट प्रकाशित पुस्तकहरु संकलन गरि सिड्नीका स्थानीय लाईब्रेरीहरुमा राख्ने ब्यबस्थाको शुरुवात ब्ल्याकटाउन लाईब्रेरीबाट गरिएको समेत बताए। त्यसैगरी उनले केन्द्रिय बाल समितिको दोस्रो अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन गर्नुका साथै हालको बालसमितिबाट यो नेपाली वर्षका लागि प्रकाशन गरिने नेपाली क्यालेन्डरका लागि जुम मार्फतबाल कार्यक्रम सम्पन्न गरि बालबालिकाका कविताहरु क्यालेन्डरमा समावेशका लागि जुटाउन सहयोग गरेको बताएका थिए।

कार्यक्रममा विशेष अतिथि अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले, महासचिव राजु सिटौला र ओसियानियाबाट अनेसास उपाध्यक्ष हरि अधिकारीले शुभकामना मन्तब्य दिदै आफ्ना रचना वाचन गरेका थिए । अनेसास केन्द्रका अध्यक्षले यस च्याप्टरले निरन्तर रुपमा १४ वर्ष देखि साहित्यिक गतिविधिहरु गरिरहेको र प्रवासमा नेपाली भाषा र साहित्यिकको उत्थानमा पुर्याएको योगदान देखेर खुसी लागेको साथै यो अनेसासको एक उत्कृस्ट र सक्रिय च्याप्टर समेत रहेको बताएको थिए ।त्यसै गरि अनेसास महासचिव सिटौला र उपाध्यक्ष अधिकारीले च्याप्टरले गर्ने कार्यक्रममा केन्द्रले सदैब सहयोग र सहकार्य गर्दै जाने बताएका थिए।

अनेसास न्यु साउथ वेल्स च्याप्टरकासंस्थापक अध्यक्ष भीमसेन सापकोटा(आचार्य राजन शर्मा) ले अनेसास गठनको बेलाका गतिविधिहरुको संस्मरण गर्दै यो च्याप्टर सफलतापूर्वक १४ वर्ष पूरा गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो एउटा रचना वाचन प्रस्तुत गरेका थिए । त्यसै गरि पूर्व अध्यक्षहरू सानु घिमिरे, महेश्वर शर्मा र ममता तिवारीले आफ्नो कार्यकालमा भएका कामहरूको सम्झना गर्दै अनेसासले वर्षेनी गर्दै गरेका गतिविधिहरु प्रति खुसी व्यक्त गर्दै आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रमको अन्त्यमा शुभकामना दिने साथैआ-आफ्ना रचना वाचन गर्ने सम्पूर्ण कविहरुममता मिश्र, महता घिमिरे चापागाईं, नन्दभण्डारी, प्रज्ञा पनेरु, प्रविन टन्डन, सौरभकिरण श्रेष्ठ, जेनिश गौतम, राम कोइराला, प्रकाश तिवारी, बिष्णु घिमिरे, चतुर्भुज खरेल, मुक्तिराम पोख्रेल, दमन्ती पराजुली, आयाम घिमिरे, भावना पराजुली, राहुल अर्याल, नेत्र पौडेल, डा राजु मानन्धर, डा मधु पुडासैनीप्रति अध्यक्ष डा प्रकाश पौडेलले आभार एवंकृतज्ञता प्रकट गरेका थिए र च्याप्टरले आगामी गर्ने कार्यक्रम भानु जयन्तीको सेरोफेरोमा गरिने ‘अनेसास कविता महोत्सव’ रहने उद्घोष समेत गरेका थिए । कार्यक्रम महासचिव भावना पराजुली र पब्लिक अफिसर मुक्तिराम पोख्रेलले संयुक्त रुपमा संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्