क्यानडाका पौडेलको ‘ब्लफर्स डायरी’ काठमाडौंमा सार्वजनिक

काठमाडौँ । क्यानडा निवासी कथाकार दिलिप पौडेलको पहिलो कथासङ्ग्रह ‘ब्लफर्स डायरी’ लोकार्पण भएको छ ।

आदिवासी नेपालीको कथा र आफ्नो गाउँघरको व्यथालाई कथाको रूपमा प्रस्तुत गरेको कथाकार पौडेलले बताए । संग्रहमा घरदेश देखि परदेशसम्मका विविध विषयका १८ वटा कथाहरू समेटिएका बताइएको छ ।

 

 

पुस्तक विमोचन कार्यक्रममा बोल्दै समिक्षक राजकुमार बानियाँले ‘ब्लफर्स डायरी’ भित्र द्वन्द्वकालका कथादेखि देश, समाज, प्रेम र आप्रवासी नेपालीको कथा-व्यथासम्म कलात्मक शैलीमा कौतुहलता पैदा गराउने गरी प्रस्तुत गरिएको बताए ।

अर्का समिक्षक विक्रम भक्त जोशीले छोटा वाक्यहरूमा उनिएका कथाहरू पढ्दा रोमाञ्चित बनाउने गरी लेखिएको बताए । सरलता सँगै गहन लेखन शैली र आकर्षक प्रस्तुतीले उक्त संग्रहका कथाहरू पढ्दा कथाकारको पहिलो कृति जस्तो महसुस नहुने कुरा बक्ताहरूले बताए 

शिखा बुक्सले प्रकाशन गरेको सो कथासंग्रहको मूल्य ४ सय ९५ रूपैँया  तोकिएको छ ।

प्रतिकृया दिनुहोस्