दाहाल नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको स्वयमसेवक व्यवस्थापन कोर्डिनेटर
कोलोराडो, १२ बैशाख ।
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको स्वयमसेवक व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी सुशील दाहाललाई दिईएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडोमा आयोजना गर्न गईरहेको सम्मेलनका लागि दाहाललाई स्वयमसेवक व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी दिएको हो ।
व्यवसायसंगै समाजसेवामा सक्रिय दाहाललाई नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको स्वयमसेवक व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी दिईएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।
सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये स्वयमसेवक व्यवस्थापन प्रमुखको जिम्मेवारी दाहालले पाएका हुन् ।
सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।
