वेलकम ईभेण्ट नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सजावट पार्टनर

कोलोराडो, १० मे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) को आयोजनामा मे तेस्रो साता अमेरिकाको कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्न कोलोराडोस्थित व्यवसायीक प्रतिष्ठान, संघसंस्था र व्यक्तिहरुको सहयोग र साथ प्राप्त भईरहेको छ ।

यसैक्रममा यो अभियानमा वेलकम ईभेण्ट पनि जोडिएको छ । ।

सजावट पार्टनरका रुपमा सम्मेलनमा जोडिएको वेलकम ईभेण्टले सम्मेलन आयोजनास्थल र मञ्चको सजावटको जिम्मा लिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको संयोजनमा मे २२ देखि २५ सम्म हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्यमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली भाषी साहित्यकार, लेखक र पत्रकारहरुको अभूतपूर्व जमघट हुने अनुमान गरिएको छ ।

सम्मेलनका संयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले सम्मेलनको सजावट पार्टनरका रुपमा जोडिएकोमा वेलकम ईभेण्टलाई धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस्