(अनुवाद कविता ) रहनु वा नरहनु, प्रश्न त्यति नै हो – विलियम शेक्सपियर (अनुवादक : डा. रुपक श्रेष्ठ)
(अनुवाद कविता ) रहनु वा नरहनु, प्रश्न त्यति नै हो – विलियम शेक्सपियर (अनुवादक : डा. रुपक श्रेष्ठ) हो, रहनु वा नरहनु, प्रश्न त्यति नै हो भद्रता देखाएर फाँसीको फन्दामा लत्रिएर अनगिन्ति तीरहरु सहेर अपमानित र प्रताडित भएर बाँच्नु वा यो भवसागर दु:खको बिरुद्दमा हतियार उठाउनु ? सिध्याऊँ प्रतिरोधमा तिनीहरुलाई ? मार्नु भनेको मर्नु हो, निदाउनु अर्थात नरहनु हो; अनि निदाउनु भनेको आफू सँगसँगै मनका हजारौँ पिडा र कष्टहरुको अन्त्य गर्नु पनि हो यो शरीर नष्ट हुनकै लागि हो,
Read More