अनेसास सांस्कृतिक समितिले पायो पूर्णता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सांस्कृतिक समितिले पूर्णता पाएको छ ।

समितिका संयोजक महेश्वर पन्तका अनुसार  सल्लाहाकारहरुमा डा. कुसुमाकर न्यौपानेतीर्थ अधिकारी रहेका छन् भने  उपसंयोजकमा डा. भक्त राई नेपाल  र  प्रेमसागर खतिवडा, अमेरिका बाट रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा निता श्रेष्ठ-नेपाल, स्नेहश्री थापा-भारत, पुष्कर पन्त-अमेरिका, हरिमाया अधिकारी– अमेरिका सीताराम थापा– कतार, एनबी अञ्जान– पोर्चुगल, कमला रिसाल– नेपाल, जीवन भण्डारी– कोरियाबाट  रहेका छन् । 

संयोजक महेश्वर पन्तले दुई वर्षे कार्यकालभित्र समितिले नेपाली भाषा कला संस्कृतिलाई विश्वभर चिनाउन विभिन्न देशमा सा‌ंस्कृतिक कार्यक्रम, सम्मेलन, र गोष्ठीको आयोजना गर्ने कुरा बताए । 

संयोजक पन्त लामो समयदेखि नेपाली साहित्य र सा‌ंस्कृतिक क्षेत्रमा आवद्ध छन् । उनका आधा दर्जन साहित्यिक कृतिका साथै गीति एल्वम प्रकाशित छन् भने समितिमा रहेका अन्य व्यक्तित्वहरूले पनि नेपाली भाषा कला संस्कृतिमा उल्लेख्य योगदान गरेका छन् । 

नवगठित समितिलाई अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, महासचिव विमला निराैला एवं केन्द्रीय समिति परिवारले बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्