कविता – रोहित शर्मा

के भो आज हाम्रो दार्जीलिंग ?
…………………………………………..
रोहित शर्मा
———————
—————————–
विश्व परिचित दार्जीलिंग
पर्यटकहरु लोभ्याउने टाइगरहिल
गोर्खे सन्तानहरुको दार्जीलिंग
गोर्खालैंडको नाराले 
केन्द्र सरकारको मुटु हल्लाउने ? दार्जीलिंग…
तर खै ! के भो आज हाम्रो दार्जीलिंग….|
पहाडकी रानी दार्जीलिंग
नागबेली बाटाहरु,चियाका गाछहरु..
अनि धुप्पी सल्लाले सजिएको दार्जीलिंग
सुर्योदय हेर्न
पर्यटकहरु ओइरिने दार्जीलिंग
तर खै ! के भो आज हाम्रो दार्जीलिंग….|
सौन्दर्यकी खानी दार्जीलिंग
कंचनजंघामा हिउँको थुप्रो देख्न सकिने दार्जीलिंग
बर्तमानमा ड्रग्स सेवनले युवा जमाद बिग्रिरहेको दार्जीलिंग.
सम्पूर्ण देश उन्नतितर्फ अग्रसर हुदा
अवनतितर्फ लम्किरहेको दार्जीलिंग
यसैले खै ! के भो आज हाम्रो दार्जीलिंग….|
शैछिक स्तर उच्च मानिएको दार्जीलिंग
शिक्षित बेरोजगारहरुको संख्यामा
वृद्धि भैरहेको दार्जीलिंग
पिउने पानीको सुव्यवस्था नभएको दार्जीलिंग
हुनसक्छ बर्तमानमा केन्द्र अनि राज्य सरकारले
कान्छी आमाको व्यवहार गरिरहेको दार्जीलिंग
यसैले खै ! के भो आज हाम्रो दार्जीलिंग…|
बर्खाका खहरेहरु झैँ 
राजनीतिक पार्टीहरु जन्मिरहेको दार्जीलिंग
एकताको सुत्रमा नगसियेर 
अनेकतामा टुक्रीरहेको दार्जीलिंग
आफ्नो अन्तर्मनमा पीर र दुख
सहन बाध्य बनेको दार्जीलिंग
यसैले खै! के भो आज हाम्रो दार्जीलिंग….|
किन यस्तो परिवर्तन दार्जीलिंग
आफ्नो सन्तानको सुरक्षा सोच दार्जीलिंग
जे होस तिमि हाम्रै हौ दार्जीलिंग
तरै पनि प्रश्न गर्छौ
तिम्रो परिचय किन विलुप्त हुदैछ दार्जीलिंग
यसैले खै! के भोआज हाम्रो दार्जीलिंग …..|||

प्रतिकृया दिनुहोस्