साहित्यकार कृष्ण जोशीप्रति  श्रद्धाञ्जली

साहित्यकार कृष्ण जोशीप्रति  श्रद्धाञ्जली

साहित्यकार कृष्ण जोशीको सोमवार ८३ वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखित् छौँ । उपन्यास,कविता, गीतलगायतका विधामा कलम चलाई नेपाली साहित्यलाई उर्वर बनाउने कार्यमा संलग्न जोशी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य र शुभचिन्तक हुनुहुन्थ्यो । सरल र मृदुभाषी जोशी साहित्यिक पत्रकार संघ , वासु शशी स्मृति परिषदलगायतका संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो । भानुभक्त पुरस्कार, व्यथित काव्य पुरस्कार, प्रतिभा पुरस्कारलगायतबाट पुरस्कृत जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौँ ।

 

 अनेसास केन्द्रीय कार्यसमिति परिवार

प्रतिकृया दिनुहोस्