अनेसास बोस्टन सम्मेलनको तयारी सुरू

अनेसास बोस्टन सम्मेलनको तयारी सुरू ( होटल बुकिङको लिंक सहित)

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मार्च १०- १२ मा पाँचौँ च्याप्टर र महिला सम्मेलन गर्ने भएको छ । प्रत्येक दुई वर्षमा हुने यो सम्मेलन गत कार्यकालमा कोरोनाको कारण जूमबाट गरिएको थियो । सम्मेलन तयारीको काम सुरू भएको छ ।
कार्यक्रमका लागि होलिडे-इन होटल बुक गरिएको छ भने कार्यक्रम नेपाली कम्युनिटी भवनमा गरिने छ ।
तीन दिने कार्यक्रममा अनेसासका च्याप्टरका प्रतिनिधिहरू र महिला साहित्यकारको सहभागिता रहने छ ।
प्रथम च्याप्टर सम्मेलन २०१६मा क्यालिफोर्नियामा आयोजना गरिएको थियो भने न्यूयोर्कमा महिला सम्मेलन गरिएको थियो । यसपटक दुईवटा सम्मेलन एकैपटक गर्न लागिएको हो ।
सहभागिताको लागि च्याप्टरहरूलाई पत्राचार गरिसकिएको अनेसास महासचिव विमला निरौलाले बताइन् । च्याप्टर सम्मेलनको लागि अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुनको संयोजकत्वमा समिति गठन भइसकेको छ । महिला सम्मेलनको लागि महिला समिति संयोजक अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले संयोजन गरिरहेको आयोजकले बताएका छन् ।
कार्यक्रमका च्याप्टरका गतिविधिहरू र महिला साहित्यकारका बारेमा कार्यपत्र प्रस्तुत र विश्वकाव्य गोष्ठी गरिने छ ।

https://www.ihg.com/holidayinnexpress/hotels/us/en/randolph/bosmd/hoteldetail/events-facilities?fromRedirect=true&qSrt=sBR&qIta=99801505&icdv=99801505&qSlH=BOSMD&qGrpCd=INL&setPMC

प्रतिकृया दिनुहोस्