अनेसास न्यूयोर्कमा लक्ष्मी श्रेष्ठको नेतृत्व

न्यूयोर्कमा आयोजित ११५ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती भव्यताको साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टर (शाखा) को आयोजनामा ११५ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती कविता वाचनको साथै मन्तब्यसहित कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयार्क शाखाको २०२३-२०२५ को लागि सम्पन्न भएको निर्वाचनमा साहित्यकार लक्ष्मी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितिको पनि चयन गरिएको छ ।

नयाँ कार्य समितीमा अध्यक्षमा लक्ष्मी श्रेष्ठ, उपाध्यक्षमा जानुका वस्ती ढकाल, महासचिवमा नदिया लिबांग, सचिवमा मेनका पराजुली र कोषाध्यक्षमा सिर्जना लामा  निर्विरोध निर्वाचित भएका छन् ।
 
निर्वाचन समितिमा संयोजकमा किरण काफ्लेसहित बद्री पौडेल तथा हरि शर्मा सदस्यहरु रहेका थिए । 
यसैगरी, कार्यक्रममा गायिकाहरुको उपस्थित समुहद्वारा  नेपाली राष्ट्रीय गान तथा अमेरिकी राष्ट्रीय गान संयुक्त रुपमा प्रस्तुत गरिएको थियो । महाकवि लक्ष्मीप्रसाद देबकोटालाई  स्मरण गर्ने क्रममा, साहित्यकार तथा सम्पादक युयुत्सु शर्माज्यूले नेपाली कविता र अङ्ग्रेजी कविता पनि वाचन गरेर सुनाएका थिए ।

नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका सदस्य हरि शर्मा पदीय मर्यादाको सपथ ग्रहण पनि गराएका थिए ।

सोही अवसरमा केन्द्रका अध्यक्ष साहित्यकार गोवर्धन पूजा, उपाध्यक्ष साहित्यकार राजेन्द्र श्रेष्ठ तारा किशन फ़ाउण्डेशनका संस्थापक साथै अनेसासका सल्लाहकार साहित्यकार किशन सिंह धामी,, केन्द्रका सदस्य साहित्यकार शकुन ज्ञवाली ,सल्लाहकार सीता खरेल , वन्दना कोइराला, कुन्ती थापा साथै बिओटीका निवर्तमान अध्यक्ष साहित्यकार गीता खत्रीले अनेसास केन्द्रका नवनिर्वाचित सम्पूर्ण टोलीलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा अनेसास बिओटीका निवर्तमान अध्यक्ष साहित्यकार गीता खत्रीको नयाँ कृति उपन्यास “रोबर्ट जर्ज” को समीक्षा बिओटीका सदस्य च्याप्टरका सल्लाहकार, साहित्यकार तथा समीक्षक रश्मी भट्टले गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्