न्यूह्याम्पशायरमा सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शनी

फेब्रुअरी १८, २०२४ । अनेसास न्यूह्यामसायर च्याप्टरले शनिबार एक भव्य समारोह बिच विद्याकी देवी सरस्वतीमाताको पूजाअर्चना र बाल प्रतिभा प्रदर्शन कार्यक्रम गर्यो ।

अनेसास न्यूह्यामसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारी र निर्मला शर्माको मन्त्रोचारणसँगै सुरू भएको पूजापाठको कार्यक्रममा  विशिष्ट व्यक्तित्वहरू, केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजा, महासचिव  विमला निरौला, मोहन निरौला, महिला समाजसेवी एन आर एन आइ सी सी सदस्य मैया ढुंगाना, एन आर ए अमेरीकाका बोर्ड मेम्बर सृजना शर्मा, सल्लाहकार  शिवकुमार राई, प्रधान सम्पादक ईश्वरी भट्ट, एन आर एन च्याप्टर अध्यक्ष कमल ढुंगाना, एन एच एन सी अध्यक्ष लाक्पा शेर्पा, तमु समाज अध्यक्ष हितमान गुरूड॰, उमेश कोइराला, सूर्य गुरूङ लगायत सबै महानुभावहरू र सबै बालबालिकाहरू पूजामा सहभागी भएका थिए।

पूजापश्चात् दुबै देशका राष्ट्रियगान गाइएको थियो। साथमा साहित्यकार अनेसास महासचिव विमला निरौलाको “ यात्रामा देश” बालकविता संग्रहको विमोचन गरिएको थियो। विमोचित पुस्तकको डा. रूद्र अर्यालले समीक्षा गर्नुभएको थियो। कवयत्री विमला निरौलाले पुस्तक लेखनको महत्व बताउनु हुुँदै समीक्षक डा. अर्याललाई धन्यवाद व्यक्त गर्नुभयो। त्यसैगरी महासचिव निरौलाले च्याप्टरको कामको प्रसंशा गर्नु हुँदै बाल बालिकामा हाम्रो भाषा साहित्य कला र संस्कृतिको पुस्तान्तरण गर्नुपर्ने बताउदै अनेसासको आठौँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आग्रह गर्नुभयो।

कार्यक्रममा बालप्रतिभा प्रदर्शन गरएको थियो। बाल प्रतिभा प्रदर्शनमा दुई दर्जन बालबालिकाहरूले उत्कृष्ट प्रतिभा प्रदर्शन गरेका थिए । सहभागि बालबालिका, अभिभावक, अतिथि, चन्दादाता, फूड डोनर, भोलेन्टियरलगायत सबैमा धन्यवाद दिँदै आगामी कार्यक्रको जानकारी प्रधान सम्पादक ईश्वरी भट्टले गराउनुका साथै अभिभावकहरूलाई सम्मान प्रदान गर्नुभयो। साथै बालबालिकाहरूलाई रोचक कुइज र गिफ्ट प्रदान गर्नुभएको थियो। त्यसैगरी बोर्ड सदस्य डा पुष्पमान जोशीले चिठ्ठा कार्यक्रम संचालन गरी बालबालिकाहरूलाई पुस्कार प्रदान गर्नुभएको थियो।

 कार्यक्रममा अनेसासका  अध्यक्ष गोवर्धन पूजाले प्रमुख अतिथीको मन्तब्य दिनु हुँदै अनेसास न्यूह्याम्पसायरले राम्रा काम गर्दै आएको र यस कार्यक्रमबाट बालबालिकामा निक्कै उत्साह बढेको बताउदै च्याप्टरले गरेको कामप्रति धन्यवाद ज्ञापन गर्नुभयो। प्रतिभा प्रदर्शनमा सहभागि बालबालिकाहरूलाई अध्यक्ष पूजाले प्रमाणपत्र, महासचिव विमला निरौलाले पुरस्कार र अध्यक्ष हरिमाया अधिकारीले खादा लगाइ सम्मान गर्नुभएको थियो।

कार्यक्रममा, एन आर एन च्याप्टर अध्यक्ष कमल ढुंगाना, आइ सी सी सदस्य मैया ढुंगाना, नेपाली समाज अध्यक्ष लाक्पा शेर्पा, एन सी सी सदस्य सृजना शर्मा, तमुसमाज अध्यक्ष हितमान गुरूड॰, डा रूद्र अर्याल, बोर्ड सदस्य डा पुष्पमान जोशी, घनश्याम शर्मा, वि डी ए अध्यक्ष डम्बर कडरियालगायत न्यू ह्याम्पसायरका विभिन्न संघ संस्थाका पदाधिकारीहरू र ठूलो संख्यामा महिला तथा बाल बालिकाहरूको उपस्थिति रहेको थियो।

अन्तमा उपस्थित सबै बालबालिका, अतिथीगण, खान पिनमा सहयोग पुर्याउने मित्रहरू, डोनेशन गर्ने मित्रहरू, भोलेन्टियर मित्रहरू, साउन्ड सिस्टममा सहयोग गर्ने मित्रहरू, कार्यक्रसको शोभा बढाइ दिन पाल्नुहुने सबै आमा बुबा दाजु भाइ दिदी बहिनीहरू र बिशेषगरी सहभागि बाल बालिकाहरूमा हार्दिक आभार धन्यवाद व्यक्त गर्दै अध्यक्ष हरीमाया अधिकारीले सभा विसर्जन गर्नुभएको थियो। कार्यक्रम संस्थाका महासचिव नन्द शर्माले संचालन गर्नुभएको थियो। 

प्रतिकृया दिनुहोस्