किशनका अँगाला : एटलान्टिकका भँगाला
गतिशील छ साहित्य भाषा संस्कृति सभ्यता
प्रवाहित हुुँदै पुुग्छ नदीजस्तै जतातता
नेपाली जनता आज पुुगेका छन् जहाँजहाँ
हाम्रो भाषा र साहित्य पुुगेको छ त्यहाँत्यहाँ ।
कविले कल्पनाबाट अर्कै संसार रच्दछ
सूूर्यरश्मि जहाँ हुुन्न कविको दृष्टि पुुग्दछ
स्रष्टाले सिर्जना कर्म गर्ने गर्छ निरन्तर
थुुनी मुुहान पानीको कसैले रोक्न सक्छ र ?
नेपाली कविजी राम्रा न्युुयोर्कमा अनेक छन्
भाषा–शैली र सौन्दर्य भावमा परिपक्क्व झन्
कवि किशन धामीजी राम्राका बीच एक हुुन्
जो एक हातका औंलाभित्र नै पर्न सक्दछन् ।
कवि किशन धामीको के हो जीवनदर्शन
अनगिन्ती भँगालामा सँगालेका सबै क्षण
यो लामो कविताभित्र देख्न पाइन्छ ती कुुरा
सिङ्गो न्युुयोर्कको चित्र यसमै छ पुुरापुुरा ।
दार्चुुलामा भई जन्म त्यतै हुुर्की बढे पनि
राजधानी पसेका हुुन् गर्छुु काम कुुनै भनी
सानै उमेरदेखि नै लागी सिर्जन कर्ममा
अमेरिका पसेका हुुन् धेरै काम गरी त्यहाँ ।
आजसम्म छपाएका पौने दर्जन छन् कृति
कुुनैे मौलिक नै हुुन् ती अनूूदित कुुनै कृति
आख्यानात्मक छन् केही छन् केही संस्मरणात्मक
कविता काव्य धेरै छन् छ यौटा ज्ञानवर्धक ।
भँगाला अनगिन्ती छन् अटलान्टिकका पनि
ती भँगालाहरू भेट्ने होलान् मान्छे कतैकहीँ
त्यस्ता मान्छेहरूमध्ये पर्ने किशनसिंह हुुन्
सिङ्गो न्युुयोर्कलाई नै कवितामा अटाउँछन् ।
यो सागर बनेको हो भँगालाहरुबाट नै
कुुनै सागर बन्दैन भँगाला नमिलीकनै
त्यस्तै जीवन मान्छेको पनि सिन्धुुसमान छ
हरेक सिन्धुुका लागि विन्दुुको योगदान छ ।
कवि किशन धामीको यो लामो कविता कृति
समीक्षा गर्नका लागि लिँदैछुु पूूर्वस्वीकृति
स्रष्टा व्यक्तित्वले मैले नवीन सृष्टि गर्दछुु
द्रष्टा व्यक्तित्व खोलेर सृष्टिमा दृष्टि भर्दछुु ।
भङ्ग आलो भँगालो हो पानीले खोल्छ ठाउँ त्यो
सानो खोलो र त्यो खोल्सो भङ्दालो पनि नाउँ हो
त्यो भँगालो हुुँदा धेरै भँगालाहरु बन्दछन्
पानीमा जिन्दगानीमा ती भँगाला समान छन् ।
भँगाला हुुन् सबै प्राणी सिन्धुुमा मिल्न तत्पर
सिन्धुुमा नमिली कोही कसरी भाग्न मिल्छ र
भँगाला जसरी बग्छन् सिन्धुुतर्फ शनै शनै
हामी बगिरहेका छौं त्यसरी नै शनै शनै ।
भँगाला खहरेभित्र देखिन्छन् सजिलैसित
तर सागरमा देख्ने मानिन्छ कवि मानिस
एटलान्टिकका भित्र भँगालाहरु छन् भनी
तेस्रो लोचनले देख्ने धामी हुुन् मनका धनी ।
जिन्दगीको जवानीमा उर्लन्छन् खहरेहरू
ती वार्धक्य अवस्थामा लुुक्छन् भित्र खुुरुखुुरु
जसै सागरमा पुुग्छन् सुुषुुप्त मात्र बन्दछन्
देहावसानका साथै भई लुुप्त हराउँछन् ।
यी लामा कविताभित्र देखेँ उबरचालक
त्यसै चालकमा पाएँ व्यक्तित्व विश्वसर्जक
यहाँ जे व्यक्तिएको छ त्यसैको परिणाम हो
कवि यौटा मनीषी र ब्रह्माको पनि नाम हो ।
देख्ने देखिरहेका छन् देख्नेको छैन क्यै कमी
तर देख्नेहरूमध्ये हेर्ने हुुन्छन् कतैकहीँ
त्यस्ता हेर्नेहरूमध्ये लेख्ने हुुन्छन् कताकति
तिनै लेखकमध्येमा बन्न सक्छन् कुुनै कवि ।
त्यस्ता दुुर्लभमध्येमा पर्ने किशन एक हुुन्
एउटा व्यक्ति हुुन् किन्तुु व्यक्तित्वले अनेक हुुन्
कवि किशन धामीको कृति हो यो मनोहर
न्युुयोर्कमा बसी गर्नेगरेको दृष्टिगोचर ।
न्युुयोर्क नगरीलाई यो सारा जगतैभरि
भन्छन् मानिसले आज यिनै हुुन् विश्वसुुन्दरी
धामीको कविताभित्र त्यो सौन्दर्य छ चित्रित
केही प्रकृतिको देन केही मानवनिर्मित ।
जो स्वयं रचना गर्छ हो आफै पनि सर्जक
अन्वेषक बनी स्रष्टा सृष्टिको खोज गर्दछ
सुुषुुप्त प्रतिभालाई प्रेरणा पनि दिन्छ जो
त्यो हो प्रेरक व्यक्तित्व जो आफै छापिदिन्छ जो ।
सिर्जना कर्ममा मात्र दिनरात रमाउने
न्युुयोर्क नगरीलाई कवितामा सजाउने
गौरा र देउडालाई विश्वमा नै फिँजाउने
सिङ्गो न्युुयोर्कमा बस्ने कविलाई चिनाउने ।
सिर्जनात्मक साहित्य लोकसाहित्यको धनी
धामी किशनसिंह साँच्चै स्वाभिमानी रहेछ नि
छोटो समयमा मैले गरे तापनि सङ्गत
व्यक्तित्व उसको देखी भएँ साह्रै प्रभावित ।
यस्तै कामहरू देखी भएको हुुँ प्रशंसक
यति टाढा बसेको त्यो भाषा–साहित्य चिन्तक
विश्वमा नै पुुगोस् हाम्रो भाषा–साहित्यको छवि
कवि पुुग्छन् त्यहाँसम्म पुुग्न सक्छन् जहाँ रवि ।
लोकसंस्कृति साहित्य सङ्गीत र कलाहरू
लोकभाकाहरू नै हुुन् अमूूल्य सम्पदाहरू
संसारभर फैलाई बढौं अघि निरन्तर
सिङ्गो सगरमाथा झैं हाम्रो उच्च रहोस् शिर ।
न्युुयोर्क नगरीभित्र यौटा सेन्ट्रल पार्क छ
कलाकारहरूलाई मूूर्तिमा जो सजाउँछ
हाम्रा कविहरूबाट बलोस् संसारमा दियो
यौटा शालिक हामीले राख्न पाए हुुने थियो ।
रहेछ सपना यस्तो कवि किशनसिंहको
नदेखी सपना कोही यात्रा गर्दैन विश्वको
नेपाली कविको यौटा त्यहाँ मूूर्ति ठड्याउन
गरौं पहल हामीले हुुन्छौं सफल क्वै दिन ।
भानुुलाई त्यहाँसम्म सक्यौ भने पुु¥याउन
संसारभरि नै हाम्रो सक्थ्यो सुुवास फैलिन
योग्य हुुन्छन् यहाँ बस्न देवकोटा महाकवि
रवि सक्छन् जहाँ पुुग्न पुुग्न सक्छन् त्यहाँ कवि ।
देख्नुु नै पर्छ हामीले सपना त निरन्तर
साकार सपना हाम्रो नलेखी किन हुुन्छ र ?
लेखौ लेखिरहौं हाम्रो सिर्जना होस् सुुवासित
विश्वसाहित्यमा हाम्रा होऊन् स्रष्टा विराजित ।
स्रष्टा किशन धामीको तीव्र इच्छा रहेछ यो
पुुगोस् त्यो उनको इच्छा शुुभेच्छा व्यक्त गर्छुु यो
धामीको सपना भोलि सिङ्गो नेपालको बनोस्
हुुनुुपर्दछ त्यो काम समग्र राष्ट्रले भनोस् ।
कवि किशनको चर्चा नभएको त होइन
कामका तुुलनामा त्यो यथेष्ट पनि होइन
त्यसैले उनका बारे लेखेँ थोरै भए पनि
उनको सिर्जनायात्रा चलेको त छँदे छ नि ।
ताराका साथ पाएका कवि किशन रम्दछन्
हरेक पाइलामा नै छ साथ पनि भन्दछन्
ताराको साथ पाएर भएका हुुन् कि साधक
संस्था पनि खुुलेको छ तारा–किशन नामक ।
परोपकारमा रम्ने तारा–किशन दम्पति
देख्न पाऊँ सधैं तिम्रो सुुस्वास्थ्य र समुुन्नति ।
तारा–किशनको जोडी रहोस् यस्तै जुुनीजुुनी
कँसियोस् प्रेमको गाँठो नटुुटोस् कहिले पनि ।
ताराको मनमा लाखौं गुुम्सिएका कथाहरू
सङ्घर्षशील यात्राका कष्टपूूर्ण व्यथाहरू
भँगाला अनगिन्ती छन् ताराका मनमा पनि
यहाँ सञ्चित देखिन्छन् ती भँगालाहरू पनि ।
नभनेर कसैलाई लुुकाएका कुुराहरू
माइतीघरकालाई नभनेका कुुराहरू
मनभित्रै जबर्जस्ती दबिएका भए पनि
एकएक गरी ल्याए ताराका पतिले यहीँ ।
गीत होलान् कसैले नि नगाएका कतै पनि
परिकारहरू होलान् नचाखेका अझै पनि
नलेखेका नदेखेका नसुुनेका कुुरा सबै
हुुन सक्छन् भँगालामा अडिएका जताततै ।
दार्चुुलाको कुुनाकाप्चा र गाडबाट निःसृत
महाकाली हुुँदै लाग्छन् भँगाला वाग्मतीतिर
ती भँगालाहरू बग्दैबग्दै नित्यनिरन्तर
ऐले पुुगिसकेका छन् एटलान्टिकसागर ।
आक्रामकहरूसामुु गर्जने सिंहिनी बनी
सन्तसाधुहरूसामुु झुुक्ने तपस्विनी बनी
ताराले सजिलै बुुझ्छिन् देशकालपरिस्थिति
को कस्तो छ भनी चाँडै बुुझ्न सक्छिन् मनस्थिति ।
प्रष्टवक्ता उनी रैछिन् भई निर्भीक बोल्दछिन्
नचपाई कुुरा केही मनका भाव खोल्दछिन्
सुुनौला सपना देख्छिन् स्वप्नद्रष्टा बनी उनी
ताराका मनमा पाप छैन रत्तिभरै पनि ।
झट्ट सुुन्दा कुरा मान्छे भ्रममा पर्न सक्तछन्
आइमाई कडा रैछे कसैले भन्न सक्तछन्
परन्तुु उनको बानी व्यवहार बुुझेपछि
अवश्य पनि भन्नेछन् उपकारी गुुणी हकी ।
सिङ्गो संस्था बनेका यी तारा–किशन दम्पति
प्रशंसा पनि चाहन्नन् त्यसैले म गरूँ कति ?
निःस्वार्थ भावले दिन्छन् परोपकारमा मन
खर्चेको पनि देखिन्छ दुुःखीका निम्तिमा धन ।
लोभीको धनसम्पत्ति अरुले नै चपाउँछ
दानीको धनसम्पत्ति दुुखमा काम आउँछ
खर्चन्छन् धनसम्पत्ति सदैव पुुण्यकर्ममा
निष्पाप मन संलग्न रहेको हुुन्छ धर्ममा ।
महाकाली र कर्णाली वाग्मती एटलान्टिक
ताराकिशनको यात्रा चलिरहेछ दैनिक
यात्री थाकिसकेजस्तो देखिएको छ अन्त्यमा
तर हार नखाएर यात्रा गरिरहुुन् यहाँ ।
(प्रस्तुुत लयात्मक समीक्षा कवि किशनसिंह धामीद्वारा सृजित ‘एटलान्टिकका भँगालाहरू’नामक लामा कविताकृतिमा आधारित छ । यसमा उक्त कृति सर्सर्ती पढेपछि र उहाँ निवासमा गई ताराकिशन दम्पतीसँग कुराकानी गरेपछि आफ्ना मनमा उत्पन्न अनुुभूूतिलाई विषयवस्तुु बनाइएको छ ।)