अनेसास निर्वाचन पर्यवेक्षक समिति गठन
२०२४, जुलाई ३ ।
अन्त्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २०२४-२०२६ को कार्यसमिति निर्वाचनका लागि निर्वाचन पर्यवेक्षक समितिमा गठन गरेको छ ।
अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्ध्दन पूजाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले .डा. मुकुन्द पथिक (नेपाल- हाल अमेरिका),.डा. संगीता स्वेच्छा(बेलायत),.डा. काशीराज पाण्डे( अष्ट्रेलिया, हाल नेपाल), विश्व बराल (अमेरिका), र विष्णु सुवेदी (जापान)लाई मनोनित गरेको हो ।
यसैगरी निर्वाचन समितिको सिफारिसमा गण्डकी पुत्र, (पेन्सिलभेनिया) ,मुरारी गुरागाई, (केन्टुकी),चन्द्रविष्ट अविरल(भर्जिनिया), प्रतिमा भट्टराई, (वाशिंगटन डिसी) र सुनिता बस्नेत, (मेरिल्याण्ड)लाई पनि पर्यवेक्षक समितिमा चयन गरिएको छ । समितिले यही शनिवार र आइतवार हुने निर्वाचनको पर्यवेक्षण गर्ने छ ।
प्रतिकृया दिनुहोस्