अनेसास–ए.एन.ए कविता महोत्सवमा जमुना भट्टराई प्रथम

२०२४, जुलाई २८

दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सहआयोजनामा भएको कविता महोत्सवमा सानफ्रान्सिस्को क्यालिफोर्निया निवासी जमुना भट्टराई प्रथम हुनुभएको छ ।


यही जुलाई २१, २०२४ आइतवार भएको उक्त महोत्सवमा प्रथम द्वितीय र तृतीय हुने विजेताको नाम घोषणा भएको हो ।

नतिजा घोषणा अनुसार प्रथम विजेता जमुना भट्टराई, द्वितीय हुनेमा प्रकाश पाण्डे र तृतीय हुनेमा उमा शर्मा रहेका छन् ।

प्रथम विजेतालाई अमेरिकी डलर ५०० द्वितीय हुनेलाई ३०० र तृतीय हुनेलाई २०० डलरसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

अनेसास २०२२–२४ का अध्यक्ष गोवद्र्ध पूजाको सभापतित्वमा भएको उक्त महोत्सवमा अनेसास बिओटीका सभापति पदम विश्वकर्मा, एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, अनेसास नव निर्वाचित अध्यक्ष सर्बज्ञ वाग्ले, अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, क्यालिफोर्निया च्याप्टर उपाध्यक्ष क्रान्ति भण्डारी, रीतादेवी प्रधान अनेसास बिओटीका बोर्ड सदस्य धर्मराज कोइराला, क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष ध्रुव थापाको आतिथ्यता रहेको थियो । संयोजक अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष गीता बजगाईं हुन् ।

एएनए सम्मेलनको अवसरमा भएको साहित्यिक कार्यक्रम तथा कविता महोत्सवमा त्यहाँ स्थित कवि साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्