सखी प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वहरूलाई देवकोटा साहित्य सम्मान- २०८१ अर्पण गरिने
२०८१ कात्तिक १५ गते, लक्ष्मीपूजा
 
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्तीको अवसरमा सखी प्रतिष्ठानले साहित्य एवं समासेवामा समर्पित विभिन्न स्रष्टाहरूलाई देवकोटा साहित्य सम्मान एवं पुरस्कार- २०८१ अर्पण गर्ने घोषणा गरेको छ।
 
सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलकाअनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म तिथिअनुसार  लक्ष्मीपूजाको दिन भएतापनि गतेअनुसार कात्तिक २७ गतेका दिनलाई अवसर पारेर यो पुरस्कार एवं सम्मान गर्न लागिएको हो ।
 
सम्मानित तथा पुरस्कृत हुनेहरूमा नेपाली वाङ्मयमा प्रतिष्ठित साहित्यक निम्न व्यक्तित्वहरू रहेका छन्-
 
१. नियात्रामा र साहित्यका अन्य विधामा अनवरत साहित्य साधना गरेबापत् घनश्यामराज कर्णिकारलाई” देवकोटा नियात्रा सम्मान-२०८१”
 
२. गुन्जन नामक संस्थाकी संस्थापक अध्यक्ष पद्मावती सिहंलाई “देवकोटा गीतकार सम्मान- २०८१ “
 
३.नरेन्द्रबहादुर श्रेष्ठलाई कला ,साहित्य र अध्यात्म साधनाको लागि “देवकोटा कलाकारिता सम्मान २०८१ “
 
४. प्रवासमा रहेर पनि अहोरात्र नेपाली भाषा र साहित्यको उन्नयनको लागि लागिपर्नुभएका कवि स्पन्दन विनोदलाई “देवकोटा साहित्य पुरस्कार- २०८१ “
 
५. बाल साहित्यकार एवं सक्रिय समाजसेवी कमला ओलीलाई “बालसाहित्य एवं समाजसेवा सम्मान- २०८१ “
 
प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलले बताएअनुसार  ७ जनाको निर्णायक कमिटीबाट ८१ जनाको नाम सिफारीश गरिएको थियो जसमध्ये यो वर्ष उहाँहरू सम्मानित एवं पुरस्कृत हुनुभएको छ ।
 
उक्त सम्मान तथा पुरस्कार महाकवि देवकोटाको जन्म दिन कार्तिक २७ गते महाकवि निवास (हालको देवकोटा सङ्ग्रहालय) मा दोसल्ला , माला र सम्मानपत्रद्वारा सम्मान गरिनेछ ।
 
उक्त समारोहमा देशका स्वनामधन्य कविहरूले देवकोटाको नाममा काव्य वाचन पनि गर्नेछन् ।
प्रतिकृया दिनुहोस्