नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको आर्थिक समितिको संयोजकमा अधिकारी

कोलोराडो, ११ बैशाख ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको आर्थिक उपसमितिको संयोजकको जिम्मेवारी तारा अधिकारीलाई दिईएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडो आयोजना गर्न गईरहेको सम्मेलनका लागि कोषाध्यक्ष अधिकारीलाई आर्थिक उपसमितिको संयोजकको जिम्मेवारी दिएको हो ।

साहित्य लेखनसंगै चित्रकारिता र समाजसेवामा सक्रिय अधिकारीलाई सम्मेलन भव्य रुपमा सम्पन्न गर्न आर्थिक उपसमितिको संयोजक नियुक्त गरिएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये आर्थिक उपसमितिको प्रमुखको जिम्मेवारी अधिकारीले पाएकी छन् ।

सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्