अमेरिकाको लस् एञ्जेल्समा अनेसासको च्याप्टर पुनर्गठन

अमेरिकाको लस् एञ्जेल्समा यही अप्रैल २०,२०२५ आइतवार उपस्थित भेलाले अनेसास एलए शाखाको पुनर्गठन गरेको छ। सोहि दिन लस् एञ्जेल्समा साहित्यकारहरुले नयाँ नेपाली वर्ष २०८२ को शुभकामना ,साहित्यिक सॉझ र साधारण सभा सम्पन्न गरेका हुन्। उक्त अवसरमा गीतकार तथा गायक डन कार्कीको नयॉ भिडियो गीत ‘गोर्खाली हौं’को लोकार्पण पनि गरिएको थियो। क्यालिफोर्नियाका महावाणिज्यदूत महामहिम ऋषि ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय साहित्यिक महानुभावहरूले कविता बाचन गरेर नयाँ बर्षको स्वागत गरे।
तात्कालिन अनेसास एलए च्याप्टरका पुर्व अध्यक्ष डन कार्की र पुर्व सचिव सिद्धार्थ सिलवालद्वारा संचालित कविता वाचन कार्यक्रममा चूड़ामणि पाठक,लक्ष्मण गड़तौला,राजन अधिकारी, डिल्ली थपलिया,केसी श्रेष्ठ,पुरुषोत्तम ढकाल, प्रकाश पाण्डे र डन कार्की लगायतका कविहरुले कविता बाचन गरेका थिए । त्यस्तै अनेसास एलए च्याप्टरका पुर्व अध्यक्ष तिलक कार्कीले ‘गोर्खाली हौं’ गीतको भावपक्ष र गीतकारको वारेमा छोटो समीक्षा गरेका थिए ।
सोहि भेलाले मोहन न्युरे शर्माको अध्यक्षतामा पुरानो कार्यसमितिलाई पुनर्गठन गरेको गरेको छ। उक्त समितिमा बरिष्ठ उपाध्यक्ष सुशिला पाण्डे न्यौपाने,उपाध्यक्ष चुडामणि पाठक,सचिव केसी श्रेष्ठ र कोषाध्यक्ष शारदा श्रेष्ठ रहेका छन् भने सदस्य द्वय क्रमश खेमलाल अधिकारी र मिलन न्यौपाने चयन भएका छन्।