‘अमेरिकामा ४३ दिन’ कृति लोकार्पित

साहित्यकार एल बी क्षेत्रीको नविनतम संस्मरणात्मक कृति ‘अमेरिकामा ४३ दिन’ गत मंगलबार डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा लोकार्पित भयो ।
महिला साहित्यकार समूहले आयोजना गरेको सो कार्यक्रममा ‘अमेरिकामा ४३ दिन’ कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन लगायतले गरेका थिए ।
कार्यक्रमका लोकार्पित कृतिबारे डा. सिर्जना शर्मा र डा. अशोक थापाले समीक्षा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन, कृतिकार एल बी क्षेत्रीलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।
महिला साहित्य समूह काठमाडौंका संयोजक कवि रिता खत्रीले सहजीकरण गरेको सो कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
प्रतिकृया दिनुहोस्