अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न

अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ ।

अनेसासको विधानअनुरूप दुईवर्षे कार्यकाल रहने गरी अधिवेशनबाट निर्विरोध रूपमा नौ सदस्यीय कार्यसमिति चयन भएको छ । जसमा-

  • एन.बी. अन्जान- अध्यक्ष,
  • सागर शाह- वरिष्ठ उपाध्यक्ष,
  • उर्मिला कार्की- उपाध्यक्ष,
  • मणिराज गौतम- महासचिव,
  • ऋतुशला लामा- सचिव,
  • मुना नेउपाने- कोषाध्यक्ष,
  • सजु पौडेल बराल- सदस्य,
  • सुजन पण्डित- सदस्य र
  • प्रेम कोइराला- सदस्य रहेका छन् ।

अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति रहेको थियो । जसमा-

  • यादव देवकोटा (निवर्तमान केन्द्रीय सदस्य)-  संयोजक,
  • अर्जुनश्री  (पोर्चुगल सल्लाहकार)- सदस्य
  • प्रेम लिम्बू (नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव)-  सदस्य रहेका थिए ।

निर्विरोध रुपमा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय महासचिवलगायतले शुभकामना व्यक्त गरेका थिए ।

आफ्नो कार्यकालमा सबै सदस्यहरूले सहयोग गरी सम्पन्न भएको र अधिवेशन सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति निवर्तमान अध्यक्ष सवी श्रेष्ठले धन्यवाद व्यक्त गरिन् । अधिवेशन अनलाइनमार्फत  (जुन १९) मा भएको थियो । साथै कार्यसमितिले ५ सदस्यीय सल्लाहकार समितिसमेत पारित गरेको छ ।

सल्लाहकार समितिमा रविन अधिकारी, यादव देवकोटा, सवी श्रेष्ठ, अर्जुनश्री र आरपी पन्त रहेका छन्  ।

प्रतिकृया दिनुहोस्