अनेसास हवाई च्याप्टरद्वारा ११३ औं भानुजयन्ती मनाइयो
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३ अैाँ जन्म जयन्तीको अवसरमा अमेरिकाको हवाईमा भव्य रूपमा भानु कार्यक्रम सम्पन्न भयो ।
अनेसास हवाई र स्नेहको संयूक्त आयोजनामा भएको उक्त कार्यक्रममा रामायण वाचन, कविता तथा साङ्गितिक प्रस्तुति रह्यो । रेडियोकर्मी अच्युत घिमिरेसँग बहस कार्यक्रम विशेष रह्यो ।
कार्यक्रममा नेपाली भाषा कक्षाका नानीहरूको प्रस्तुति, रामायण, घाँसी कविता, अन्य गीतहरू र नृत्य पनि प्रस्तुत भए । दोस्रो चरणमा कवि अमृता स्मृति र वाचक अच्युत घिमिरे बीचमा बहस रह्यो । फ्लोरबाट पनि प्रश्नहरू लिँदै सञ्चार र साहित्य जगतमा आधुनिक डिजिटल प्रभावका विषय पनि उठान भए ।
“एआइको जमानामा मानविय मौलिक वाचन र सिर्जनालाई कसरी जोगाउन सकिन्छ ?” भनेर कवि अमृताले सोध्दा घिमिरे भन्नुहुन्छ ” एआइ भनेको सुगा हो, कसैको सुगाले गोपि कृष्ण कौ भन्ला । कसैकोले चोर आयो भन्ला । यसर्थ यसलाई जे सिकाइन्छ, घोकाइन्छ त्यही भन्छ एआइ पनि त्यस्तै हो । यसले मानविय मिठास दिन सक्दैन ।” उहाँ अर्को प्रश्नको उत्तरमा थप्नुहुन्छ, भानुभक्तको साहित्य कर्मले उहाँको साहित्यिक सञ्चारकर्ममा मात्र होइन समग्र नेपाली भाषीहरूको जग हो ।” उहाँले हवाईमा बस्ने केही स्रष्टाहरूको सिर्जना पनि वाचन गर्नुभयो ।
 

 
‘स्नेह’का अध्यक्ष दिनेश तिमल्सेनाले उपस्थित सबैलाई स्वागत गर्नुभयो । केदार श्रेष्ठ टेक्निसियन रहनुभएको यस कार्यक्रममा मिठामिठा कविता र गजलहरू प्रस्तुत भए ।यस भव्य कार्यक्रममा सर्जक, बौध्दिक नारी, अनेसास हवाईकी वरिष्ठ उपाध्यक्ष वेदिका उपाध्यायले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उहाँको कुशल कार्यक्रम सञ्चालनले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।
 
नेपाली भाषाको अन्तर्राष्ट्रिय करण, नेपाली साहित्यको विस्तार, भाइरल र भ्यूजको जमानामा ओझेलमा परेका उत्कृष्ट साहित्यको विषयमा अनेसासकी अध्यक्ष अमृताले धारणा राख्नुभयो । यसैमा उहाँले नेपालमा हुँदै आएको भानु जयन्ती कार्यक्रमलाई पनि सम्झनुभयो ।
प्रतिकृया दिनुहोस्