आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२” को नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राई प्रथम भएाका छन् ।
सोही प्रतियोगितामा मकवानपुरका कवि तुलसी घिमिरे दोस्रो र भरतपुरका कवि परिवेश मुन्छे तेस्रो भएका छन् । त्यस अतिरिक्त उत्कृष्ट दुईमा सिन्धुलीका कवि रमेश दाहाल र काठमाडौंका कवि संगीता खरेल रहेका छन् ।
सो निर्णय वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा बनेको निर्णायक समितिले गरेको साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई रु. ३०,०००/-, दोस्रो हुनेलाई रु. २०,०००/- र तेस्रो हुनेलाई रु. १०,०००/- सहित प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगितामा सहभागी उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान गरिने छ ।
सो प्रतियोगितामा एकसय आठ कविता प्राप्त भएकोमा उत्कृष्ट २५ कविताको सूची यसअघि सार्वजनिक गरिएको थियो ।
उत्कृष्ट २५ कवितामा १.जागौँ वीर युवा, विपेन आदिमा, २. जेनजीबहादुर, सुनिता अधिकारी, ३. कवितामा देश, तुलसी घिमिरे, ४. प्रेमका परम गणितहरू, गुञ्जन राई, ५. आवाजहरूको विद्रोह, संगीता खरेल, ६. मुखौटाहरूको महोत्सव, रमेश दाहाल, ७. बलिदानीहरूको आवाज, सरस्वती विश्वकर्मा (सारा), ८. स्वाभिमान, ”प्यासी”२ अनुमोदन, ९. गाउँ जाने बाटो, मदन घिमिरे, १०. मान्छे हरायो, किरण विश्वकर्मा, ११. सहर अब सहर होइन, अञ्चु सुवेदी, १२. के गर्व गर्नु छ ?, गोपाल खनाल, १३. शून्यहरूको आत्मकथा अनन्तसम्म, राजु उवरकोटी, १४. फूलकुमारी, सरिता जोशी, १५. भित्तेपात्रोहरू, मोहित जोशी, १६. म र झोला, मनिभक्त राई, १७. के म नेपाली होइन र ?, कंडेल, १८. क्षमायाचना, सुरज पराजुली, १९. जेनजेड पुस्तासँग प्रकृति र वातावरण संरक्षणका कुरा, माधवहरि पौडेल, २०. मैले कविता लेख्न सकेको छैन, परिवेश मुन्छे, २१. मान्छे : एक अनन्त अन्वेषण, इन्द्रप्रसाद गोतामे (जगतजंग), २२. परिवर्तन, शून्य नयन, २३. युवालाई आह्वान, सुशील पौडेल, २४. एकलव्यको दोस्रो प्रहार, शुभचन्द्र राई र २५. लग्दै छ वृद्धाश्रम, निशा काफ्ले रहेका छन् ।
प्रतियोगिताका लागि अमेरिकामा रहनु हुने समाजसेवी सपना राउतले रकम प्रायोजन गरेका हुन् ।
सो प्रतियोगिताको लागि कविता समसामयिक विषयमा लेखिएको हुनुपर्ने, ४० वर्ष उमेर ननाघेकाहरू मात्र सहभागी हुन पाउने र कविता अप्रकाशित हुनुपर्ने सर्त राखिएको थियो ।
संघले प्रतियोगिताको लागि कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८२ पुस मसान्तलाई तोकेको थियो ।
संघले यसअघि निबन्ध प्रतियोगिता गराएको थियो ।
