(कविता) भर्याङ्ग: एक शव्दचित्र -ऋषि बस्ताकोटी
(कविता)
भर्याङ्ग: एक शव्दचित्र
-ऋषि बस्ताकोटी
चढिसकेकाहरुका लागि
भर्याङ्ग केही होइन,
चढ्न चाहनेहरूका लागि
भर्याङ्ग केही हो,
चढ्दै गरेकाहरूका लागि
भर्याङ्ग सर्वस्व हो
तर स्वयम् मा भने
भर्याङ्ग –
चाहिँदा पुजिने
नचाहिंदा मिल्किने
एक अस्तित्वविहिन मुढो हो।
# नर्थ क्यारोलाइना , अमेरिका
प्रतिकृया दिनुहोस्