अनेसास महिला समिति गठन
२०८१ पुस २३ आइतवार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिले अनेसास महिला समिति २०२४–०२६ गठन गरेको छ ।
साहित्यकार उर्मिला निर्दोषीको संयोजकत्वमा १६ सदस्सीय महिला समितिमा सबै महादेशबाट प्रतिनिधित्व हुनेगरी गठन गरिएको कुरा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाले बताए ।
समितिका सदस्यहरुमा जर्जिया च्याप्टरबाट अम्बिका लोहनी , क्यान्सस च्याप्टरबाट कल्पना तामाङ्ग, नेपालबाट गीता कार्की र रञ्जना निरौला, अफ्रिका महादेशीय च्याप्टरबाट चन्द्रकला आचार्य, सिकागो च्याप्टरबाट ज्योति अधिकारी, डिसी च्याप्टरबाट तनुजा पोखरेल रहेका छन् ।
त्यसैगरी जापानबाट दीपा घिमिरे, इजरायलबाट निशा अर्याल, सिक्किमबाट डा. पुष्पा शर्मा, अस्ट्रेलियाबाट भावना पराजुली, बेलायतबाट माया गुरुङ, क्यालिफोर्नियाबाट रीतादेवी प्रधान, नर्वेबाट विष्णुमाया विभु र ह्युस्टनबाट साधना शर्मा रहेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिलगायत संसारभर रहेका अनेसासका च्याप्टर तथा विभिन्न संघसस्थाले नवगठित महिला समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।