‘यात्राको लय’मा प्रदीपका साहित्यिक पदचाप
लेखक कहलाउनका लागि लेख्नेहरूका भीडमा प्रदीप अलग छन् । उनी लेखकको इज्जत बढाउनका लागि लेख्छन् । कृति संख्याका आधारमा गतिलो र निरीह नछुट्याई लेखनको ओजका आधारमा भन्नु पर्दा प्रदीप सशक्त लेखक हुन् । खारिएर आएका उनी तर्क सहित अभिव्यक्ति पस्किन सक्ने लेखक हुन् । र, त्यसको पछिल्लो प्रमाण हो, यात्राको लय ।  नाता सम्बन्धले भन्दा- मेरो छिमेकी दाइ, साहित्यिक सम्बन्धले भन्दा- नजानिँदो गरी मेरो पथप्रदर्शक र कुनै पनि सम्बन्ध नराखी भन्दा- नेपाली साहित्यमा सम्भावनाको खानी उत्खनन गर्न आएको बलिष्ठ साहित्यिक मजदुर प्रदीप सापकोटालाई हार्दिक बधाई दिन्छु । ‘यात्राको लय’ सदाबहार छ ।
प्रतिकृया दिनुहोस्