अनेसास संस्कृति समिति र बालसमिति गठन
2025 January 28
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय समितिले अनेसास संस्कृति समिति र बाल समिति गठन गरेको छ ।
स्रष्टा महेश्वर पन्तको संयोजकत्वमा गठन भएको अनेसास संस्कृति समितिमा उपसंयोजकहरु अमेरिकाबाट प्रेमसागर खतिवडा र नेपाल बाट शान्ता बस्नेत रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा विजयदेव अधिकारी (अमेरिका), नरहरि प्रेमी –नेपाल), मोहनकुमार विष्ट (आरजु विष्ट सल्यानी, नेपाल), सूर्य खड्का –जापान), पुष्पा घिमिरे –अमेरिका), एनबी अन्जान –युरोप), शिव बजगाइँ –अस्ट्रेलिया), सीताराम थापा –मिडल इस्ट), स्नेहश्री थापा –भारत), रहेका छन् ।
साथै संस्कृति समितिले सल्लाहकारहरु पनि चयन गरेको छ । सल्लाहकारहरुमा प्रा.डा. कुसुमाकर न्यौपाने, तीर्थराज अधिकारी, मदनराज थापा, रविन्द्र खड्का, बद्रीबहादुर गुरुङ –धम्पु दुरा), र लक्ष्मण शर्मा रहेका छन् ।
संयोजक पन्त अनेसास बोस्टन च्याप्टरका निवर्तमान अध्यक्ष हुन् भने यसअघिको संस्कृति समितिमा पनि संयोजक रहेका थिए ।
अनेसास साँस्कृतिक समितिले संसारभर नै विभिन्न अवसरमा नेपाली लोककला साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि विविध कार्यहरु गर्दै आइरहेको छ ।
त्यसैगरी अनेसासले बालसमिति २०२५ गठन गरेको छ ।
सुरेन उप्रेतीको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा डा. ज्ञानेन्द्र पोखरेल –क्यान्डा), डा. दीपक तिवारी (डेनमार्क), विष्णु घिमिरे –अस्ट्रेलिया), जानु ओझा –अमेरिका), गोपाल दाहाल –बेल्जियम), कृष्ण रेग्मी –अमेरिका), खड्ग न्यौपाने (जर्मनी), पद्मा लिंखा मगर (अमेरिका), सुदीप श्रेष्ठ –अमेरिका), आरसी राई (अफ्रिका), मीरा कोइराला –अम्ेरिका), मनिष खत्री –बेलायत), गंगादेवी गिरी –कतार), सौरभ कारञ्जित –बेल्जियम), अर्जुन सडौला –जापान) रहेका छन् ।
त्यसैगरी समितिले बालबालिका क्षेत्रमा विशेष योगदान गरेका बालसाहित्यकारद्वय रामबाबु सुवेदी र डा. प्रकाश पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।
समितिका संयोजक उप्रेतीले दशकौँदेखि बालसाहित्यमा कलम चलाउँदै तथा बालबालिकाका क्षेत्रमा विविध कार्य गर्दै आएका छन् ।