“क्याइमेट कालामिटी : जस्टिस फर लस एन्ड ड्यामेज” पुस्तक लोकार्पित

२०८२ जेठ २, काठमाडौँ । मानवाधिकार अभियन्ता डा. गोपालकृष्ण सिवाकोटीको नविनतम कृति CLIMATE CALAMITY: Journey to Justice for Loss and Damage को लोकार्पण भयो ।
विश्वभरिका सरकारी र गौरसरकारी प्रतिनिधिहरु सहभागी हुने “सगरमाथा सम्वाद”को पूर्व सन्ध्यामा न्याय कसरी खोज्ने र न्याय कसरी प्राप्त गर्नेबारे लेखिएको सो कृतिको लोकार्पण प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।
“क्याइमेट कालामिटी : जस्टिस फर लस एन्ड ड्यामेज” कृतिबारे पूर्व परराष्ट्र मन्त्री माननीय डा. विमला राई पौड्याल, राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य कानुनविद् डा. सूर्य ढुंगेल र जलवायुसम्बन्धी अल्पविकसित मुलुकका सल्लाहकार जलवायुविज्ञ मन्जित ढकालले समीक्षात्मक मन्तव्य राखेका थिए ।
राष्ट्रिय मानवअधिकार आयोगका माननीय अध्यक्ष श्रीमान् तपबहादुर मगरको सभापतित्वमा सप्पन्न सो कार्यक्रममा प्रधानमन्त्री ओलीले लेखक सिवाकोटीलाई कृतिको लागि बधाई ज्ञापन गर्दै भविष्यका सन्तति सुरक्षित र सम्मानित होऊन् भनेर काम गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले लेखक सिवाकोटीलाई माला लगाएर सम्मान पनि गरेका थिए ।
कार्यक्रमका सभापति माननीय श्रीमान् तपबहादुर मगर र लोकार्पित कृतिका लेखक डा. गोपालकृष्ण सिवाकोटीले आआफ्नो मन्तव्य राकेको सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले लेखक डा. सिवाकोटीको योगदानको चर्चा गर्दै – “विश्वका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर भएर तथा मानवाधिकारको क्षेत्रमा विगत चार दशकदेखि योगदान गर्दै आउनु भएका डा. गोपालकृष्ण सिवाकोटीका सम्पादन र लेखन गरेर ५ दर्जन पुस्तकहरु प्रकाशित रहेका छन्” भने ।
सिवाकोटीका विषयमा थप प्रकाश पार्दै लेकालीले – “इन्हुरेड इन्टरन्यासनलका अध्यक्ष डा. गोपालकृष्ण सिवाकोटीका द्वन्द र विस्थापनबारे लेखिएको अनुसन्धानात्मक पुस्तक “क्याराभ्यान अफ कन्फिल्ट”, मानवअधिकार, आप्रवासन शान्ति, न्याय र शरणार्थीको क्षेत्रबारे लेखिएको “वियोण्ड बोर्डर” पुस्तक र कोरोना भाइरसको सेरोफेरोमा एसिया प्रशान्त क्षेत्रमा शरणार्थीमा पर्न गएको असर तथा यसैको कारण एसिया निर्वाचनमा पर्न गएको असरका बारे लेखिएको ” बोडरलेस बेनीभोलेन्स” अनुसन्धानात्मक पुस्तक विशेष चर्चामा रहेको बताएका छन् ।
मानवअधिकारकर्मी डा. सिवाकोटी विशेषत : शरणार्थी संरक्षकको क्षेत्रमा एसिया प्रशान्त क्षेत्रमा नेतृत्वदायी भूमिकामा अग्रणी व्यक्तित्व रहेका छन् । उनका विभिन्न पत्रपत्रिकामा दर्जनौ समसामयिक लेख रचनाहरु छापिएका छन् ।
डा. गोपालकृष्णको कवि व्यक्तिव पनि रहेको छ । निर्वाचन पर्यवेक्षकको राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञ अनुभव सँगालेका डा. गोपालकृष्णले वातावरण र जलवायु न्यायका क्षेत्रमा अध्ययन अध्यापन अभियान, वकालत र अनुसन्धान गर्दै आएका छन्।