माननीय मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न

२०८२ जेठ २९, काठमाडौं ।
महिला साहित्य समूहले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार माननीय मीना श्रेष्ठको एकल कविता वाचन कार्यक्रमकि आयोजना गर्यो ।
वरिष्ठ साहित्यकार उषा शेरचनको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठ थिइन् ।
कार्यक्रममा कवि मीना श्रेष्ठबाट आफ्ना १५ थान कविता वाचन भएको थियोभने साहित्यकारहरु मन्जिला अनिल, शान्ति पौडेल, सृजना शर्मा, निर्मला फुँयाल, उषा शेरचन, रीता खत्रीलगायतले कवि श्रेष्ठको कविता वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार डा. यादेवी ढकालबाट कवि मीना श्रेष्ठको संक्षिप्त परिचय भएको थियो ।
महिला साहित्य समूहकी संयोजक कवि रीता खत्रीले सहजीकरण गरेको सो कार्यक्रममा प्रमुख अतिथि जलेश्वरी श्रेष्ठ, सभापति उषा शेरचन र कवि मीना श्रेष्ठले विशेष मन्तव्य राखेका थिए ।
वि. स. २०३४ चैत २६ गते खोटाङमा जन्मिनुभएकी कवि मीना श्रेष्ठ २०५३ सालमा “खै कहाँ खोजुँ म नारी मुक्ति” कविता प्रकाशित गरेर नेपाली कविता साहित्यमा प्रवेश गरेकी हुन् । कवि श्रेष्ठको “बिस्कुन यो मनको” २०७१ र “फर्गेट एस्टर्डे” कविताकृतिहरु प्रकाशित रहेका छन् ।