गोपाल पाँडे ‘असीम’ को स्मृतिमा चर्चा परिचर्चा

अमेरिका । वरिष्ठ साहित्यकार, भाषाविद, शिक्षाविद स्व. गोपाल पाँडे (असीम) को ११२औं स्मृति दिवसमा चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्टकी च्याप्टरको आयोजनामा जुममार्फत  सम्पन्न अनलाइन कार्यक्रममा वक्ताहरूले नेपाली भाषा, साहित्य र शिक्षामा अतुलनीय योगदान पुर्‍याउनुभएका साहित्यकार, भाषाविद् तथा शिक्षाविद् गोपाल पाँडे ‘असीम’को व्यक्तित्व, कृतित्व र नेपाली शिक्षामा उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा. गंगा उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व अनेसास केन्टकी च्याप्टरका अध्यक्ष बद्री दाहालले गर्नुभएको थियो । सचिव जीवन निरौलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कोषाध्यक्ष जमुना पौड्यालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका विशेष अतिथि पूर्वराजदूत प्रा. डा. मोहन लोहनी,  साहित्यकार प्रा. पिताम्बर दाहाल, अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बाल समितिका संयोजक सुरेन उप्रेती, गोपाल पाँडेका सुपुत्रीहरू प्रा. रमा शर्मा र इन्दिरा शर्मा, अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले, डा. बमबहादुर थापा ‘जिताली’, रमेश खकुरेल, प्रल्हाद पोखरेल, प्रभा भट्टराई, ज्ञाननिष्ठ ज्ञवाली, डमरु पौडेल, गङ्गा उप्रेती, बद्री दाहाल लगायतले स्व. असीमको योगदानको चर्चा गर्नुभएको थियो भने साहित्यकार प्रल्हाद पोखरेलले स्व. असीमप्रति समर्पित रचना समेत वाचन गर्नुभएको थियो ।

भावी पुस्तालाई प्रेरणा दिन पनि यस्ता कार्यक्रम गर्नु आवश्यक रहेको आयोजक अनेसास केन्टकी च्याप्टरले जनाएको छ।

प्रतिकृया दिनुहोस्