अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न

अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ ।
अनेसासको विधानअनुरूप दुईवर्षे कार्यकाल रहने गरी अधिवेशनबाट निर्विरोध रूपमा नौ सदस्यीय कार्यसमिति चयन भएको छ । जसमा-
- एन.बी. अन्जान- अध्यक्ष,
- सागर शाह- वरिष्ठ उपाध्यक्ष,
- उर्मिला कार्की- उपाध्यक्ष,
- मणिराज गौतम- महासचिव,
- ऋतुशला लामा- सचिव,
- मुना नेउपाने- कोषाध्यक्ष,
- सजु पौडेल बराल- सदस्य,
- सुजन पण्डित- सदस्य र
- प्रेम कोइराला- सदस्य रहेका छन् ।
अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति रहेको थियो । जसमा-
- यादव देवकोटा (निवर्तमान केन्द्रीय सदस्य)- संयोजक,
- अर्जुनश्री (पोर्चुगल सल्लाहकार)- सदस्य
- प्रेम लिम्बू (नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव)- सदस्य रहेका थिए ।
निर्विरोध रुपमा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय महासचिवलगायतले शुभकामना व्यक्त गरेका थिए ।
आफ्नो कार्यकालमा सबै सदस्यहरूले सहयोग गरी सम्पन्न भएको र अधिवेशन सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति निवर्तमान अध्यक्ष सवी श्रेष्ठले धन्यवाद व्यक्त गरिन् । अधिवेशन अनलाइनमार्फत (जुन १९) मा भएको थियो । साथै कार्यसमितिले ५ सदस्यीय सल्लाहकार समितिसमेत पारित गरेको छ ।
सल्लाहकार समितिमा रविन अधिकारी, यादव देवकोटा, सवी श्रेष्ठ, अर्जुनश्री र आरपी पन्त रहेका छन् ।